खाेज्नुहाेस

जीवन बीमा भन्दा निर्जीवन बीमालाई प्राथमिकता दिन नगरप्रमुख ओझाको आग्रह

Image

गुलरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझाले जीवन बीमा भन्दा निर्जीवन बीमालाई प्राथमिकता दिन जोड दिएका छन । बिहीवार कृष्णपुर नगरपालिकाको गुलरियामा सम्पन्न ‘कृष्णपुर नगरपालिकासँग नेपाल बीमा प्राधिकरणको अन्तरक्रिया कार्यक्रम’ मा बोल्दै नगरप्रमुख ओझाले जीवन बीमा भन्दा निर्जीवन बीमालाई प्राथमिकता दिन जोड दिएका हुन । उनले निर्जीवन बीमा अन्तरगत (कृषि/पशु बीमा) गराउन आग्रह गरे ।

‘जीवन बिमा गर्ने कम्पनीहरु अत्याधिक बढी संख्यामा छन । तिनीहरुले बीमा गर्न पनि मरिहत्ते गर्ने गरेका छन’ उनले भने ‘अहिलेको मुख्य आवश्यकता निर्जीवन बीमा गराउन भएकोले त्यसतर्फ अग्रसर भएर हरेक व्यवसायिक किसानहरुको पहुँचमा सरल र सहज तरीकाले बीमा कम्पनीहरु पुग्नुपर्छ ।’

attariya hospital

नगरप्रमुख ओझाले कृष्णपुर नगरपालिकामा बीमा नीती बनाएर नेपाल बीमा प्राधिकरणसँग समन्वय गरी नगरका सम्पुर्ण व्यवसायी किसानहरुको सरल र सहज पहुँचमा बीमा सेवा पु-याउन तत्पर रहेको बताए ।

navjiwan hospital

अन्तरक्रिया कार्यक्रममा नेपाल बीमा प्राधिकरण सुदूरपश्चिम प्रदेश कार्यालय प्रमुख ओम बहादुर अधिकारीले नेपालमा बिमाको इतिहास, अवस्था र महत्वका बारेमा जानकारी गराएका थिए ।

नेपाल बीमा प्राधिकरण सुदूरपश्चिम प्रदेश कार्यालय प्रमुख ओम बहादुर अधिकारीको सभापतित्वमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रमको प्रमुख अतिथि कृष्णपुर नगरपालिकाका नगर प्रमुख ओझा रहेका थिए भने विशिष्ट अतिथिमा नगर उपप्रमुख द्रोपती राना र कृष्णपुर नगरपालिका निमित्त कार्यालय प्रमुख विष्णु दत्त भट्ट रहेका थिए ।

कृष्णपुर नगरपालिकाका विभिन्न वडाका वडाध्यक्ष र सरोकारवालाहरुको उपस्थिति रहेको उक्त कार्यक्रमको संचालन नेपाल बीमा प्राधिकरण सुदूरपश्चिम प्रदेश कार्यालयका सहायक प्रमुख दीपक ज्ञवालीले गरेका थिए ।