कैलाली – कैलालीको लम्कीचुहा नगरपालिका–३ बल्चौरमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

स्थानीय ३८ वर्षीय बुद्धिराम चौधरी शनिबार दिउँसो आफ्नै घर नजिक रहेको पानी नभएको नालामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। मृतकको शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी परीक्षणका लागि पठाइएको प्रहरीले जनाएको छ।
घटनाको कारण खुल्न बाँकी रहेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
















