खाेज्नुहाेस

गोदावरीमा वडासचिव र प्राविधिकलाई एक दिने अभिमुखीकरण कार्यक्रम आयोजना

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा वडा सचिव र प्राविधिकहरुका लागी एक दिने अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ । नगरपालिकाको रोजगार सेवा केन्द्रले वडासचिव र प्राविधिकहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रम बारे जानकारी दिन एक दिने अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो ।

navjiwan hospital

नगरउपप्रमुख शारदा रोकायाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा सबै वडाका वडासचिवका साथै प्राविधिकहरुको सहभागीता रहेको थियो ।

attariya hospital

कार्यक्रममा वडामा हुने प्रधानमन्त्री रोजगार कार्यक्रमहरुको लागत ईस्टिमेट तथा कोटेशन स्पेसिफिकेशन तयार, उपभोक्ता समिति गठन, भुक्तानी प्रकृया, लेखा व्यवस्थापन, प्रधानमन्त्री रोजगार कार्यक्रमको रुपरेखा, श्रमिक छनौट प्रकृया, आयोजना छनौट प्रकृया, बेरोजगा फाराम भर्ने तरीका तथा छानविन गर्ने विधिहरुका बारेमा छलफल भएको नगरपालिकाका रोजगार संयोजक रामलाल भट्टले बताए ।

उनले प्रधानमन्त्री रोजगार कार्यक्रम नगरका सबै वडाहरुमा लागु हुने र वडाबाटै त्यसको व्यवस्थापन गर्न जरुरी रहेकाले वडाका सचिव र प्राविधिकहरुलाई त्यसको बारेमा जानकारी दिन कार्यक्रम आयोजना गरिएको बताए ।