खाेज्नुहाेस

डोटीको पुर्विचाैकीका वडाध्यक्ष जाेशीकाे निधन

Image

डाेटी – डोटीको पुर्विचाैकी गाउपालिका वडा नम्बर ६ का वडाध्यक्ष पुष्पराज जाेशीकाे निधन भएको छ । वडा अध्यक्ष जाेशी बुधबार कार्यपालिकाकाे बैठक सकेर घर फर्कने क्रममा बाटाेमा मृत्यु भएको हो ।

navjiwan hospital

उनी बाटोमा मृत अवस्थामा फेला परेको पुर्वीचाैकी गाउपालिका – ४ का अध्यक्ष वल बहादुर खड्काले जानकारी दिएका छन ।

attariya hospital

उनको हृदयाघातका कारण निधन भएकाे जिल्ला अस्पताल डाेटीका डाक्टर शाेहन शाहले बताएका छन् ।

६५ वर्षीय जाेशी गत स्थानीय निर्वाचनबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए। जाेशी स्वास्थ सेवा क्षेत्रबाट सेवा निवृत्त भए पछि समाज सेवा गर्दै राजनीतीमा लागेका थिए ।