कर्णाली नदीले खतराको तह पार गर्‍यो

धनगढी – कर्णाली नदीले खतरा तह पार गरेको छ । अपराह्न ३ः४० मिनेटमा पानीको तह मापन गर्दा १० दशमलव ७१ मिटर पुगेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

Karma Consultancy

पानीको तह १० दशमलव ८ मिटर पुग्नु खतराको तह मानिन्छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान ५ बजे ९ दशमलव ४९ मिटर मापन गरिएको पानीको तह दिउँसो बढेर २ बजे १० दशमलव १७ मिटर मापन गरिएको थियो ।

citizen security services

बुधबारदेखिको निरन्तर वर्षाका कारण पानीको तह बढ्दै गइरहेको छ । अझै मंगलबारसम्म नै वर्षा हुने पूर्वानुमान मौसमविदको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.