अछामका अधिकांश प्रहरी चौकी जीर्ण

अछाम – अछाममा रहेका अधिकांश प्रहरी चौकी जीर्ण बनेका छन । अछाममा १३ वटा प्रहरी चौकी रहेकोमा ति मध्ये अधिकांश जीर्ण अवस्थामा रहेका हुन । अधिकांश भाडाका घरमा रहेका भएपनि ति जीर्ण अवस्थामा छन । साँफेबगर नगरपालिका ३ सिद्धेश्वर बजारमै रहेको चौकी पनि जीर्ण छ । उक्त चौकीमा बर्षातमा पानी चुहिने गरेको छ ।

maya metro hospital

जस्तापाताको घरमा रहेको उक्त चौकीका काठ समेत कुहिएका छन । उक्त जिर्ण घरमा रहेको चौकीको पनि मासिक ५ हजार ४ सय घर भाडा तिर्दे आएको प्रहरी निरीक्षक भक्तबहादुर धामीले बताए । हावाहुरी पानी परेको दिन जाग्राम बस्नुपर्ने बाध्यता रहेको उनले बताए । उनले भने,‘काठ कुहिसकेको छ ,कुन दिन भत्किने हो थाहा छैन । काठ मात्रै फेर्न पाएपनि धेरै राहत हुने थियो । सडकमै भाडा माझ्नु पर्छ, सडकमै नुहाउन पर्छ,लाज मानेर के गर्नु बाध्यता यस्तै छ ।’ साँफेबगर प्रहरी चौकीमा १४ जनाको दरबन्दी रहेकोमा अहिले ११ जना कार्यरत रहेका उनले बताए ।

joshi vada pasal 2
raunak fals and silling

रामारोशन गाउँपालिका ३ सान्तडाको अवस्था झन् दयनीय छ । स्थानीयले खर गोठ बनाएको घरमा चौकी रहेको छ । जसमा हरेक वर्ष त्रिपाल नफेरे पानी चुहिने गरेको छ । ‘भैसी बाँध्ने र माथि गोठालो सुत्नका लागी बनाइएको पुरानो भैंसी गोठ हो प्रहरी सहायक निरीक्षक राजेन्द्र भट्ट्ले भने ‘रंगरोगन गरेर अलिअलि गुजारा चलाएका छौं, स्थानीयहरु बीच जग्गा विवादका कारण लामो समयदेखि भवन बन्न सकेको छैन ।’

भवन निमार्णका लागी गाउँपालिकाबाट पहल भइरहेको भन्ने जानकारी पाएको उनले बताए । ढकारी गाउाँपालिकास्थित प्रहरी चौकी आठ दशक पुरानो जीर्ण घरमा छ । भाडाको घर, बर्खामा चुहिन्छ । स्थानीय तहका नागरिका सुरक्षाको जिम्मेवारी लिएका ग्रामीण क्षेत्रका प्रहरी नै आफै असुरक्षित छन् । ग्रामीण क्षेत्रका अधिकाश प्रहरी चौकी भाडाको भवनमा सञ्चालनमा रहेका र ती जीर्ण अवस्थामा रहेकाले समस्या हुने गरेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

अछाममा जिल्ला प्रहरी कार्यालयसहित सात इलाका, १३ चौकी, एक ट्राफिक प्रहरी कार्यालय,पाँच अस्थायी पोस्ट छन् । यीमध्ये जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी चौकी साँफेबगर, पञ्चदेवल बिनायक,बयालपाटा, बैद्यनाथ, सिउडी, जयगढ, तुर्माखाँद, बारला, चौखुट्टे र मंगलसेन प्रहरी चौकी मात्रै आफ्नो भवनमा छन् । गाउँका कार्यालय जीर्ण हुँदा सेवाप्रवाहमा समस्या हुँदै आएको प्रहरीले जनाएको छ ।

indreni vansa ghar
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.