खाेज्नुहाेस

उजाड मरुभूमिमा मछेलीको पानी छरिदा

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नं. १२ का चन्द्र सिँह बडैला अहिले ८१ वर्षका भए । उनी त्यस्तै २०/२२ वर्षका छदा पहाडमा समस्या भएपछि उनको परिवार तराई झरेको झ¥यो । उनको परिवार हालको गोदावरी – १२ ओलानीमा जंगल कटान गररेर बस्यो । उनको परिवार सहित आएका ८/१० अरु परिवारले पनि सोही गरे । सो ठाउँमा रहेको जंगल कटान गरी उनीहरुले बस्ती बसाए । बस्ती बसाए पनि त्यहाँ खानको लागी उब्जाउ जमिन बनाउन आवश्यक थियो । उब्जाउ जमिन बनाउन उनीहरुले संघर्ष गरे ।

उब्जनीका लागी जमिन बन्यो तर बाली उब्जाउन उनीहरुसँग पानी भएन । नजिकै मछेली खोलामा पानी थियो, तर ल्याउन सक्ने ल्याकत थिएन् । वर्षाको भरमा सिँचाई गर्नुपर्ने बाध्यता आईलाग्न थालेपछि उनीहरुले जसोतसो एउटा कुलो सम्म ल्याउने निर्णय गरे । ‘त्यतिखेर मछेलीमा पानी भएपनि हामी बाली सिँचाईका लागी आकाशको पानी कुर्न बाध्य थियौ’ उनले भने ‘सरकारसँग संघर्ष गरी २०२६ सालमा नापि ल्याएर बनाएको जमिन बाँझै रहने चिन्ता सताउन थालेपछि सबै मिलेर एउटा कुलो सम्म बनाउने सबैले निर्णय गरे, सोही अनुसार फेरी रातदिन नभनी मेहनत ग¥यौ, फलस्वरुप कुला जमिन सम्म पु¥याउन सफल भयौ ।’ जमिन सम्म पु¥याएको कुलोमा खासै पानी नआउने र बिचबिचमा खोलाले भत्काउने गर्न थालेपछि समस्या झन बल्झिएको उनी सुनाउँछन ।

attariya hospital

२०४५ सालअघिसम्म बडैलाको जिवन पनि सिँचाईका लागी पानी बनाउने, ल्याउने आदी कार्यमा नै बित्यो । तर त्यसपछि भने उनमा आशाको किरण देखियो । त्यो थियो सरकारको मोहना सिँचाई आयोजना निर्माण गर्ने अवधारणा । सरकारले उक्त क्षेत्रमा मछेलीको पानी ल्याउने गरी मोहना सिँचाई आयोजना निर्माण गर्ने अवधारणा ल्यायो । सोही अवधारणा अनुसार सरकारले पानीको स्रोत, त्यसबाट हुने आर्थिक फाईदाहरु आदीको बारेमा अध्ययन गरेर उक्त क्षेत्रमा मोहना सिँचाई आयोजना निर्माण ग¥यो । नेपाल सरकारको सिँचाई विभाग अन्र्तगत बनेको उक्त आयोजनाले त्यहाँको जनताको सिँचाईको समस्या समाधान गर्ने अपेक्षा थियो ।

अपेक्षा अनुसार उक्त सिँचाई आयोजनाले त्यहाँको जनताको सिँचाईको समस्या समाधान त ग¥यो तर केही वर्ष सम्मका लागी मात्रै । सिँचाई आयोजना सुरु भएको करिब १० वर्ष पछि मछेली खोलमा आएको बाढीले बाँध भत्कीदा पुनः त्यहाँका जनताले सिँचाईका लागी संघर्ष गर्नुप¥यो । सरकारले पटक पटक बाँध निर्माण गर्ने गरेपनि सिँचाई आयोजनाको बाँध दिगो बन्न सकेन् । तर २०७५ सालमा सम्पन्न हुने गरी फेरी सो सिँचाई आयोजना निर्माण भएपछि भने अहिले सो क्षेत्रका जनताले आकाशे पानीको भर पर्नुपर्ने अवस्था छैन ।

पहाडमा पानी नपाएर पिडित बनेका चन्द्र सिँ को परिवार तराईमा पनि त्यही समस्या भोग्न बाध्य थियो । मछेली खोलाको पानीको सहारामा सो क्षेत्र रोजेका उनीहरुले त्यही ठाउँमा पानिको लागी निरन्तर संघर्ष गरिरहनुपर्ने अवस्थाका बिच बनेको सिँचाई आयोजनाले अहिले ओलानीको मुहार फेरीरहेको छ । उजाड मरुभूमी रहेको ओलानीमा मछेलीको पानी छर्ने काम अहिले मोहना सिँचाई आयोजनाले गरिरहेको छ ।

‘सिँचाईका लागी हातमा कुटोकोदालो लगेर संघर्ष गरेर पानि ल्याउने अवस्था थियो’ उनले भने ‘अहिले मोहना सिँचाई का कारण धेरै सजिलो भएको छ । भनेको समयमा सिँचाईका लागी पानी पाईन्छ ।’

navjiwan hospital

नगरपालिकाको वडा नं. ११ का गणेश बहादुर खड्काले मोहना सिँचाई आयोजनाका कारण ओलानीमा कृषि कार्य सम्भव भएको बताए । ‘उजाड क्षेत्र हो, सिँचाईका लागी पहिला धेरै संघर्ष गर्नुपरेको थियो’ उनले भने ‘तर अहिले मोहना सिँचाई आयोजनाले नयाँ प्रविधिका साथ पानी ल्याएपछि एकदमै सहज भएको छ ।’ उनले पहिले रोपाई गर्दा सानो कुलोमा पानी लगाउन बाँध बनाउनुपर्ने र खेतमा पानी पु¥याउदाँ फेरी टुट्ने समस्या हुने गरेकोमा अहिले सबै काम मोहना सिँचाई आयोजनाले गर्ने भएकाले सिँचाईका लागी एकदमै सहज भएको बताए ।

गोदावरी नगरपालिकाको वडा नं. १२ का वडाध्यक्ष भिम बहादुर खड्काले ओलानी जस्तो सुख्खा क्षेत्रमा मछेलीको पानी ल्याई सिँचाई गर्ने कार्य आयोजनाले गरेको बताए । उनले गरिबको रेखामुनी रहेका ओलानीका जनताको आर्थिक अवस्था सुधार्न पनि मोहना सिँचाई आयोजनाले मद्दत गर्ने विश्वास व्यक्त गरे । सिँचाईको कार्य कृषि अन्र्तगत भएकाले उक्त क्षेत्रका किसानहरुको उत्पादनमा वृद्धि गर्न एक जना जेटिए राख्दा उपयुक्त हुने उनले बताए । उनले त्यसका लागी पनि मोहना सिँचाई आयोजनाले पहलकदमी गर्नुपर्ने बताए ।

मोहना सिँचाई प्रणाली जल उपभोक्ता समितिका अध्यक्ष प्रेम बहादुर बडैलाले सिँचाईका क्षेत्रमा विगतमा भन्दा केही सहज भएपनि अझै धेरै कामहरु गर्न बाँकी रहेको बताए । उनले सबैलाई सिँचाईको सुविधा पु¥याउन मुल नहर क्षेत्रमा कडाई गर्न जरुरी रहेको बताए । ‘३३ सय हेक्टर क्षेत्रफलमा पानी पु¥याउने लक्ष्य हो, तर अहिले १५ सय देखि २ हजार हेक्टरमा मात्रै पानी पुगेको छ’ उनले भने ‘त्यसको मुख्य कारण भनेको मुल नहर नजिकका मानिसहरुले चाहिने भन्दा बढी पानी प्रयोग गर्नु हो, अर्काेतिर खोलामा पानीको मात्रा पनि कम भएको अवस्था छ ।’ उनले त्यसको समाधानका लागी एउटा नीति बनाएर अगाडी बढ्ने बताए ।

हाल उक्त आयोजना धनगढीमा रहेको पथरैया मोहना सिँचाई व्यवस्थापन कार्यालय अन्र्तगत रहेको छ । उक्त कार्यालयका प्रमुख रुपेश कुमार भट्टराईले ओलानी क्षेत्रका किसानलाई सिँचाईमा सहजता प्रदान गर्न आयोजना निर्माण गरिएको बताए । उनले ३३ सय हेक्टरका लागी भनेर बाँध निर्माण गरिएको भएपनि खोलमा पर्याप्त पानी नहुने गर्नाले सबैक्षेत्रमा पानी पु¥याउन नसकिएको बताए ।

‘३३ सय हेक्टर जमिनमा पु¥याउने हिसाबले आयोजना निर्माण गरिएको हो’ उनले भने ‘तर यहाँ नीति नहुँदा मुहान नजिक रहेका मानिसहरुले चाहिने भन्दा बढी पानी लगाउने गर्नाले तल सम्म पानि पुग्न पाएको छैन ।’ उनले त्यसका लागी पनि नीति निर्माण गरेर छिट्टै कार्यान्वयन गरिने बताए । उनले अपेक्षा अनुसारको जमिनमा सिँचाई सुविधा पु¥याउन आयोजनाको सिँचाई तालिका बनाउन आवश्यक रहेको बताए ।

उनले पहिलेको तुलनामा अहिले सिँचाई आयोजनाले राम्रो काम गरिरहेको बताए । ‘पहिले पहिले बाँध टुट्ने भएर राम्ररी काम नभएको अवस्था थियो’ उनले भने ‘अहिले नयाँ प्रविधिबाट बनाईएको भएर बाँध टुट्ने सम्भावना कम छ, त्यसैले काम पनि राम्रो भएको छ ।’

अहिले सो क्षेत्रका स्थानीयहरुले तरकारी खेती पनि गर्ने गरेका छन । खानेपानीको समेत सदैव अभाव खड्कीरहने ओलानीमा सिँचाईका लागी भने आयोजनाले पर्याप्त पानी उपब्ध गराएको छ ।

सिँचाईकै सुविधाका कारण अहिले उक्त क्षेत्रमा धान, गहुँ, तरकारी लगायतका अन्नबाली पर्याप्त मात्रामा फल्ने गर्दछन । उक्त आयोजनाले गोदावरी नगरपालिका वडा नं. १०, ११ र १२ का साथै कृष्णपुर नगरपालिका वडा नं. ४ र ५ का केही क्षेत्रहरुलाई पनि समेटेको छ ।