खाेज्नुहाेस

अछामका पहिरो पीडितलाई आर्थिक सहयोग

Image

अछाम – अछामका पहिरो पीडितलाई आर्थिक सहयोग गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले अछामका पहिरो पीडितलाई सरकारको तर्फबाट प्रतिपरिवार १ लाख र आफ्नो ब्यक्तिगत तर्फबाट १० हजारका दरले पीडित परिवारलाई सहयोग गरेका हुन ।

navjiwan hospital

उनले शुक्रबार राति अविरल वर्षापछि गएको पहिरोमा परी २२ र खोलाले बगाएर मृत्यु भएका १ जनासहित २३ जना मृतकका परिवारलाई भेटेर राहात वितरण गरेको उनको सचिवालयले जनाएको छ । अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनीले दिएको जानकारी अनुसार बाढी र पहिरोमा परी मृत्यु भएका परिवारलाई सरकारका तर्फबाट तत्काल किरिया खर्चवाफत जनही १ लाख रकम वितरण गरिएको हो ।

attariya hospital

मन्त्री कुँवरले पहिरो प्रभावित अछामको कमल बजारको हात्तिबाँझ, कमल बजार एयरपोर्ट, ढकारी र तुर्माखाँदका पीडितलाई भेटेर त्रिपाल, बल्याङ्केट, खाद्यान्न लगायतका राहात सामाग्री पनि वितरण गरेको उनका प्रेस सल्लाहकार रमा खड्काले जानकारी दिए ।

मन्त्री कुँवरले पहिरोमा परी घाइते भएकाहरुको सम्पूर्ण उपचार सरकारले व्यहोर्ने समेत बताएका छन् । पीडितलाई आगामी दिनमा पनि थप सहयोग हुने मन्त्री कुँवरले आश्वासन दिएका छन् ।