खाेज्नुहाेस

अछाममा पहिरोमा परि घाइते भएका ३ जनाको हेलिकोप्टरमार्फत उद्धार

Image
file photo

अछाम – शुक्रबार राति आएको पहिरोमा परी घाइते भएका ढकारी गाउँपालिका –६ ढुंगाचाल्नाका ३ जना घाइतेको हेलिकप्टरमार्फत उद्धार गरेर सुर्खेत अस्पतालमा लगिएको छ ।

navjiwan hospital

एक परिवारका ६२ वर्षका हर्क बुढा, उनकी कान्छी बुहारी २१ वर्षकी चन्द्रा बुढा, हर्कबहादुरका १२ वर्षका नाति धर्म बुढाको हेलिकोप्टर मार्फत उद्धार गरेर थप उपचारको लागि सुर्खेत लगिएको परिवारका सदस्य निर्मल बुढाले बताए ।

attariya hospital

‘बुबा, भाइ–बुहारी र भतिजलाई हेलिकोप्टरबाट सुर्खेत लगिएको छ । डेढ वर्षको भतिज नवीन बुढाको घटनास्थलमै मृत्युु भयो । उनकी आमा चन्द्रादेवी हुन् । उनी पनि गम्भीर घाइते भएकी छन्,’ उनले भने, ’गाईवस्तु, अन्न सबै बगाएको छ । अहिले गाउँ शोकमा छ ।’

कमलबजार र तुर्माखाँदमा हेलिकोप्टरबाट उद्वार गर्नुपर्ने प्रकृतिका घाइते नभएको निमित्त प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले बताए ।