खाेज्नुहाेस

अछाममा ३ पालिकामा पहिरोमा पुरिएर ८ जनाको मृत्यु, १० जना बेपत्ता

Image

अछाम – अछामका ३ पालिकामा पहिरो जाँदा ८ जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएका छन । कमलबजार नगरपालिका – ६ मा गएको परिरोमा पुरिदा ४ जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता छन ।सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले पहिरोमा पुरिएका ३ जनाको खोजी भइरहेको छ ।

ढकारी गाउँपालिका–६ मा पनि पहिरोले घर पुरिदा २ जनाको मृत्यु भएको रिजालले बताए । उनका अनुसार ३ जनालाई घाइते अवस्थामा उद्दार गरिएको छ । उनीहरुको उद्दारका लागि हेलीकोप्टर मगाइएको छ ।

attariya hospital

यस्तै तुर्माखाद गाउँपालिका–५ को नाडामा पहिरोले घर पुरिदा २ जनाको मृत्यु भएको छ भने ७ जना बेपत्ता भएका छन् । बेपत्ताहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

navjiwan hospital