टीकापुर – कैलालीको लम्कीचुहा नगरपालिका – ३ बल्चौरका १२४ भूमिहीन वादी परिवारले घरबासको लालपूर्जा प्राप्त गरेका छन् । पूर्वपश्चिम राजमार्गको दक्षिण र रानी जमरा कुलरिया सिँचाइको मूल नहरको उत्तरमा बसोबास गरिरहेका १७७ बादी परिवार मध्ये १२४ परिवारको हातमा मंगलबार लालपूर्जा पाएका हुन ।

छ परिवारका घरमूली बाहिर भएकाले पछि हस्तान्तरण गरिने जनाइएको छ । लालपूर्जा पाउनेहरुले दश धुरदेखि एक कठ्ठासम्म पाएका छन् ।

बादी समुदायका परिवारलाई लालपूर्जा वितरण गर्न नेपाल सरकारका भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठ कैलाली पुगेकी थिइन् ।
राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशब निरौलाले समाजमा पछि परेको भूमिहीन वादी समुदायले घरबासको लालपूर्जा पाउनु समुदायले आत्मसम्मानका रुपमा लिनुपर्ने बताए ।















