खाेज्नुहाेस

दार्चुलामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु, ६ जना घाइते

Image

दार्चुला – दार्चुलामा जीप दुर्घटनामा परेर ५ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा बझाङको  बुङ्ल नगरपालिका–८ का पुने बोहरा, उज्वल बोहरा, हिक्मत जागरी, राइभान बोहरा र दम्फादेवी बोहरा रहेका छन् ।

navjiwan hospital

गोकुलेश्वरबाट जिल्ला सदरमुकाम खलंगातर्फ गइरहेको से १ ज ५५१ नम्बरको जीप आज शैल्यशिखर नगरपालिका–६ उल्लानीमा दुर्घटना भएको थियो । जीप सडकबाट करिब २५० मिटर तल खसेको थियो ।

attariya hospital

यस्तै, दुर्घटनामा ५ जना घाइते भएका छन् । दुर्घटनामा परेर मालिकार्जुन–३ की ५० वर्षीया गोमती देवी धामी, सोही ठाउँकी ३० वर्षीया गोमती धामी, २१ वर्षीय सुमनसिंह धामी, ४२ वर्षीया रुपा धामी, मालिकार्जुन–६ की ४० वर्षीया रेवती धामी र महाकाली नगरपालिका–३ का ३५ वर्षीय रमेश लुहार घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

उनीहरुको अहिले गोकुलेश्वर अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।