दिनेश खड्का’खप्तडी’/अछाम – अछामको तुर्माखाद गाउँपालिका – २ मा आएको पहिरोले घर सहित परिवारका ३ सदस्य गुमाएका अम्मर बहादुर बिष्टलाई आर्थिक सहयोग गरिएको छ । सुदूरपश्चिमेली नेपाली समाज भारतले बिष्ट परिवारलाई ५२ हजार ४ सय १६ रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

उक्त रकम तुर्माखाद गाउँपालिका – ८ का वडाध्यक्ष निरक शाही लगायतको उपस्थितिमा बिष्टको परिवारलाई सहयोग गरिएको समाजका बरिष्ठ उपाध्यक्ष दिपक खड्काले बताए ।

साउन ९ गते आएको पहिरोले बिष्टको घर पुरिएको थियो भने उनका भाइ विरेन्द्र विष्ट, छोरा संविधान विष्ट र बुहारी हरिकला बिष्टको मृत्यु भएको थियो ।
















