कैलालीमा मोटरसाइकलले साइकलयात्रीलाई ठक्कर दिँदा २ जना घाइते

अत्तरिया – कैलालीमा मोटरसाइकलले साइकलयात्रीलाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् । गौरीगंगा नगरपालिका–६ वनभेडा नजिक से २ प १७५३ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिदा २ जना घाइते भएका हुन ।

maya metro hospital
raunak fals and silling

घाइते हुनेमा साइकलमा सवार चुरे गाउँपालिका–५ का २९ वर्षीय हर्क अर्थला र मोटरसाइकल चालक गौरीगंगा–६ कै ३० वर्षीय हरिश साउद घाइते भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

joshi vada pasal 2

दुवै जनाको चौमालास्थित बडीमालिका पोलिक्लिनिकमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

indreni vansa ghar
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.