खाेज्नुहाेस

ओलीको पार्टीलाई सुदूरपश्चिममा जिरो डिग्री सेल्सियसमा पुर्‍याउन्छौ – मन्त्री आले

Image

कञ्चनपुर – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले ओलीको पार्टीलाई सुदूरपश्चिममा जिरो डिग्री सेल्सियसमा पु¥याउने बताएका छन । कञ्चनपुरमा भएको नेकपा एकीकृत समाजवादीको बैठकमा बोल्दै मन्त्री आलेले ओलीलाई जिरो डिग्रीमा पु¥याएर गिनिज बुकमा नाम लेखाउने बताए ।

उनले भने ‘केपी ओलीको पार्टीलाई सुदूरपश्चिममा जिरो डिग्री सेल्सियसमा पु¥याउँछौं । त्यसपछि उहाँले आफ्नो नाम गिनीज बुकमा लेख्नुहुन्छ ।’

attariya hospital
navjiwan hospital

उनले नेकपा एमालेभित्र पकेटमारले प्रवेश पाएको बताएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ इंगित गर्दै आलेले यस्तो बताएका हुन् ।

आलेले भने, ‘माधव कमरेडले बनाएको घरमा पकेटमार छिरेको छ । एउटा पकेटमारका कारणले कम्युनिष्ट आन्दोलन धराशायी अवस्थामा पुगेको छ ।’

उनले सुदूरपश्चिमको पर्यटन प्रवर्द्धनका लागि सरकार सक्रिय भएर लागेको बताए । उनले अबको दुई वर्षमा महेन्द्रनगरको मझगाउँ विमानस्थल सञ्चालन गर्ने दाबी पनि गरे ।