खाेज्नुहाेस

कर्णलीमा खसेको जिप फेला पर्‍यो, जोशी दम्पत्ति फेला परेनन

Image

धनगढी – कर्णाली नदीमा शुक्रबार खसेको जिप फेला परेको छ । एकै परिवारका ५ जना सवार बा ११ च ९३८ नम्बरको जीप चिसापानीदेखि सोल्टा जाने सडक खण्डमा दुर्घटना हुँदा कर्णाली नदीमा खसेको थियो ।

शुक्रबार खसेको जिप टुक्रा टुक्रा भएको अवस्थामा फेला परेपनी जिपमा सवार २ जना भने अझै फेला पर्न सकेका छैनन ।

attariya hospital
navjiwan hospital

जिपमा सवार डडेल्धुरा घर भई हाल डोटीको आदर्श गाउँपालिकामा बस्दै आएका चन्द्रप्रकास जोशी र उनकी श्रीमती रुवी जोशी बेपत्ता भएका थिए भने अन्य तीन जनाको उद्धार गरिएको थियो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जोशी दम्पतीलाई अझै फेला पार्न नसकिएको बताए ।

उनका अनुसार दुर्घटनाग्रस्त जीप भने कर्णाली नदीमा टुक्राटुक्रा भएको अवस्थामा भेटिएको छ । ‘सडकबाट झण्डै तीन सडक मिटर तल नदीमा खसेको जीप टुक्राटुक्रा भएको छ । केही पार्ट निकालिएको छ । मुख्य पार्ट निकाल्न बाँकी छ,’ उनले भने ।

गाडीमा सवार चन्द्रप्रशासकी १२ वर्षीया छोरी लक्ष्मी, ४ वर्षीया सावित्री र ३ वर्षीय भुवन जोशीको उद्दार गरिएको थियो । उनीहरुको अहिले कोहलपुरमा उपचार भइरहेको छ । नेपालगञ्जबाट उपचार गरेर घर फर्किने बेला चिसापानी घुम्नेक्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ ।