धनगढी – ट्राफिक प्रहरी कार्यालय कैलालीले भाडा दर नराख्ने र कागजपत्र नबोक्ने अटो रिक्साहरुलाई कारबाही गरेको छ ।

धनगढीमा बुधबार कार्यालयले भाडा दर नराख्ने र कागजपत्र नभएका ३१ अटो रिक्सालाई कारबाही गरेको हो ।

कारबाहीमा परेका अटो रिक्सा मध्ये १० वटाका कागजपत्र नभएको र अन्यले भाडा दर नराखेको पाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक वीरेन्द्र बहादुर बोहराले जानकारी दिए ।
पछिल्लो समय ट्राफिक प्रहरीले चेक जाँचमा कडाइ गरिरहेको छ ।

















