अछामको पहिरोबारे गृहमन्त्री खाँडले लिए जानकारी
अछाम – अछामको तुर्माखाँद गाउँपालिका –२ भुलुमा आइतबार राति गएको पहिरोले पु¥याएको क्षतिबारे गृहमन्त्री बालकृष्ण खाँणले जानकारी लिएका छन् ।
अछामका प्रजिअ विश्वराज मरासिनी र डिएसपी नारायण डाँगीलाई टेलिफोन गरेर गृहमन्त्री खाँडले पहिरोको क्षतीबारे जानकारी लिएका हुन । उनले फोनमार्फत नै आवश्यक पर्ने उद्धार र राहतको कार्यमा कुनै कसर बाकी नराख्न निर्देशन दिए ।
आवश्यक सहयोगबारे मन्त्रालयमा जानकारी गराउन निर्देशन दिँदै घाइतेको उपचार र तत्कालको राहत उपलब्ध गराउन मन्त्रीले प्रमुख जिल्ला अधिकारीलाई भनेका छन् ।
आइतबार राति अमर विष्टको घर पहिरोमा पुरिँदा उनकी भाउजू हरिकला विष्ट, भाइ वीरेन्द्र विष्ट र भतिज १५ वर्षीय संविधान विष्टको मृत्यु भएको थियो ।
६५ वर्षीया नैना विष्टको भने जीवितै उद्धार गरेर अस्पताल लगिएको प्रजिअ मरासिनीले बताए । घरमुली अमर कामका सिलसिलामा घर बाहिर छन् ।