सामुदायीक वनको जमिन तेघरी स्थित नेपाली सेनालाई दिन लविङ सुरु

अत्तरिया  – सुदूरपश्चिमकै केन्द्र अत्तरिया बजारको पुर्वपट्टिको क्षेत्र हाल नेपाली सेनाको नाममा छ । अत्तरिया बसपार्क सहित सो भन्दा तल्लो क्षेत्रका करिब ६१ घरधुरी नै सेनाको नाममा रहेको जमिनमा पर्दछन । त्यतिमात्रै नभई अत्तरियाकै मुख्य पर्यटकिय स्थल लामीताल तथा नेपाल रेडक्रस सोसाईटीको भवन पनि सेनाकै जमिनमा छ । सेनाले आफ्नो नाममा रहेको जमिन प्रयोग गर्दा उक्त संरचनाहरु सबै भत्काउनुपर्ने हुन्छ ।

Karma Consultancy

तर, गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्ट त्यो चाहदैनन् । उनी नेपाली सेनाको नाममा रहेको जमिनमा बनेका संरचनाहरुलाई त्यस्तै राखेर अन्य स्थानमा सेनालाई आवश्यक पर्ने जमिन दिने पक्षमा छन । सोही विषयमा उनले नेपाली सेनाको देवीदल गण तेघरीका गणपति सुनिल कुमार मल्लसँग केही दिन अघि छलफल पनि गरेका थिए ।

citizen security services

सेनाले आफ्नो नाममा रहेको जमिनमा भएका संरचनाहरु भत्काए अत्तरिया बसपार्क, लामीताल सहित ति ६१ घरधुरी समेत भत्किनेछन । प्रदेशकै राजधानी घोषणा भएको नगरपालिकाको बजार क्षेत्रमा सेनाको जमिन हुँदा विकास निर्माणका कार्यमा पनि असहज भैरहेको नगरप्रमुख भट्टको बुझाई छ ।

attariya hospital

उनले उक्त जमिनको सट्टा सेनालाई आवश्यक पर्ने जमिन सोही माथी रहेको दुर्गालक्ष्मी सामुदायीक वनको क्षेत्रबाट दिने गरी लविङ सुरु गरेका छन । सोही विषयमा उनले आईतबार सर्वदलिय टिमलाई लगेर उक्त सामुदायीक वनको खाली क्षेत्रको अवलोकन गरेका थिए । सर्वदलिय टिमले उक्त क्षेत्र उपयुक्त भएको निष्कर्ष निकालेपछि बुधबार नगरप्रमुख भट्टसहितको टोली फेरी उक्त क्षेत्रको अनुगमनका लागी गएको छ ।

नगरप्रमुख भट्टले सर्वदलिय टिमसहित नेपाली सेनाको देवी दल गण तेघरीबाट पनि प्रतिनिधि बोलाएका थिए । उक्त क्षेत्रको अनुगमनको लागी देवीदल गण तेघरीबाट कर्नेल विकाश थापाको नेतृत्वमा टोली आएको थियो । उक्त टोलीले क्षेत्र राम्रो भएपनि अहिले नै निष्कर्षमा पुग्न सकिने अवस्था नरहेको बताएको छ ।कर्नेल थापाले माथिल्लो निकायसँगको छलफल पछि मात्रै के गर्ने भन्ने टुङ्गोमा पुग्न सकिने बताए ।

belauri nagarpalika

सर्वदलिय टोलीबाट अनुगमनका लागी गएका पुर्वसामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले बजारमा रहेको सेनाको जमिनले बजारको व्यापारीक क्षेत्र नै नरहने चिन्ता रहेको बताए । उनले सेनाले आफ्नो नाममा भएको जमिनका सबै संरचना भत्काए अत्तरियाको अस्तित्व नै संकटमा पर्ने भएकाले सेनासँग सहमतीका लागी छलफल भैरहेको बताए ।

निर्वाचनमा विजयी भएर आएदेखि सोही कार्यलाई मुख्य प्राथमिकतामा राखेर अगाडी बढीरहेका नगरप्रमुख भट्टले पनि बजारलाई वृहत बनाउन र बसपार्कको स्तरोन्नतीका लागी उक्त जमिन नगरपालिकाले चलनभोग गर्न चाहेको बताए । ‘सेनाको नाममा रहेको जमिनमा भएका संरचना भत्किए अत्तरिया बजार नै सकिन्छ’ उनले भने ‘बजारलाई वृहत तथा व्यवस्थित बनाउन र अत्तरिया बसपार्कको स्तरोन्नती गर्न पनि सो जमिन आवश्यक छ ।’

उनले सेनालाई उक्त जग्गा बाफत आवश्यक पर्ने जमिन अन्य ठाउँमा दिन तयार रहेको समेत बताए । ‘हामी सो जमिन नगरपालिका मातहत ल्याउन चाहन्छौ, किनकी नगरपालिकाले भोलिको दिनमा विकास निर्माणका विभिन्न कार्यहरु उक्त क्षेत्रमा गर्नुपर्ने छ’ उनले भने ‘त्यसको सट्टा उहाँहरुलाई जति चाहिन्छ, त्यती जमिन हामी अन्य ठाउँमा दिन तयार छौ ।’

अवलोकन गरिएको उक्त जमिन दुर्गालक्ष्मी सामुदायीक वनको हो । सेनाले सो जग्गा लिन सहमती जनाए सामुदायीक वनका पदाधिकारीहरुसँग पनि छलफल गरिने नगरप्रमुख भट्टले बताए ।

अत्तरिया बजारको मुख्य क्षेत्र पूर्व रोड वनखेतदेखि पहाड रोड अत्तरिया बसपार्क, लामिताल सहित उत्तरी क्षेत्रभित्र पर्ने करिब साढे १७ हेक्टर जमिन नेपाली सेनाको नाममा छ । तत्कालिन राजा ज्ञानेन्द्रको शासन कालमा २०६१ सालमा उक्त क्षेत्र नेपाली सेनाको नाममा राखिएको बताइएको छ ।

गोदावरी नगरपालिकाले सोही जग्गामा बसपार्क निर्माण गर्ने योजना बनाएपछि मात्रै उक्त क्षेत्र सेनाको नाममा रहेको खुलेको थियो । लामो समयदेखि विवादमा रहेको सो जग्गा नगरपालिकाले आफ्नो मातहतमा ल्याएर बसपार्क लगायतका संरचना बनाउन चाहेको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.