अछाममा पीडितको प्रदर्शनमा प्रहरीको लाठी चार्ज

अछाम – अछाममा विनोद शाही हत्याको निष्पक्ष छानविन र दोषी माथि कारवाहीको माग गर्दै प्रदर्शन गरिरहेका स्थानीयमाथि प्रहरीले लाठीचार्ज गर्दै अश्रुग्यास प्रहार गरेको छ । विनोदको हत्याको आरोपमा पक्राउ परेकाहरुको आज जिल्ला अदालतमा पेसी थियो । त्यो थाहा पाएपछि पीडितका आफन्तहरु जिल्ला अदालतको नजिकै प्रदर्शनमा उत्रिएका थिए ।

Karma Consultancy

विनोद शाहको हत्याको आज २५ दिन भएको छ । प्रहरीले आज पक्राउ परेकाहरुलाई जिल्ला अदालतमा पेश गर्ने थाहा पाएपछि दबाब दिन पीडितका आफन्तहरु जिल्ला अदालत पुगेका हुन् ।

citizen security services

उनीहरुले, सरकारी वकिल कौशस ढुंगानाले घटना मिलाउन दबाब दिएको भन्दै नाराबाजी समेत गरेका थिए । ‘हामीहरु अदालतभन्दा करिब डेढसय मिटर माथि नै थियौं, ठूलो संख्यामा रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरीले हाम्रो शान्तिपूर्ण आन्दोलनमाथि अश्रुग्यास प्रहार ग¥यो, लाठीचार्च गरेपछि धेरै महिला पुरुष घाइते भएका छन’ मृतकका आफन्त बखत बहादुर शाहीले भने ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.