चौरपाटीमा राष्ट्रपति रनिङ्ग शिल्ड छनोट प्रतियोगिता सम्पन्न 

 

अछाम – अछामको चौरपाटी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता सम्पन्न भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ असार १ गतेबाट शुरु भएको प्रतियोगिता शुक्रबार सम्पन्न भएको हो । २५ विधामा भएको प्रतियोगितामा दशपल्लेपानी माध्यमिक विद्यालय प्रथम, बैजनाथ नमूना माध्यमिक विद्यालय पायल दोस्रो र सिउडि माध्यमिक विद्यालय तेस्रो भएका छन् ।

maya metro hospital

समापन कार्यक्रममा बोल्दै चौरपाटी गाउँपालिकाका अध्यक्ष भिम बहादुर साउँदले खेलकुद अनुसाशित रहन सिकाउने भएकाले यसलाई निरन्तरता दिएर अगाडि बढ्न आग्रह गरे । उनले खेलकुदको विकासका लागि चौरपाटी गाउँपालिकाले बिशेष जोड दिने र, युवाहरुका लागि बेला बेलामा नियमित खेलकुदका प्रतियोगिता आयोजना गर्ने बताए ।

joshi vada pasal 2

समापन कार्यक्रममा चौरपाटी गाउँपालिका – १ का वडाध्यक्ष बिर बहादुर थापा, वडा नम्बर ४ का वडाध्यक्ष लाल बहादुर धामी, चौरपाटी गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत धन बहादुर थापा लगायतको सहभागिता रहेको थियो । समापन कार्यक्रमको सन्चालन शिक्षा शाखा प्रमुख राम चन्द्र जोशीले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.