खाेज्नुहाेस

अछामको ढकारी गाउपालिकाको गाडि पल्टियो

Image

धनगढी – अछामको ढकारी गाउँपालिकाको गाडी पल्टिएको छ। गाउपालिका अध्यक्ष प्रकाश साउँद, उपाध्यक्ष नेत्र कला देबिशाही लगायत चढेको गाउँपालिकाको बा २ झ ३७६५ नम्बरको गाडी साँफेबगर नगरपालिका-४ स्थित सडकमा पल्टिएको हो।

navjiwan hospital

धनगढीबाट जाँदै गर्दा आज बिहान ५ बजे साँफेबगरमा गाडी पल्टिएको र दुर्घटनामा गाडी चालक ढकारीकै ४३ वर्षीय लली नेपाली सामान्य घाइते भएको प्रहरिले जनाएको छ ।

attariya hospital

घाइते नेपालिको ध्रुवतारा अस्पताल साँफेबगरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी निरीक्षक कैलाश सिंह विष्टले बताए। गाउँपालिका अध्यक्ष प्रकाश साउँद र उपाध्यक्ष नेत्रकला देबि शाही लाई भने कुनै चोट नलागेको उनले बताए।

त्यस्तै, गाडीमा उपाध्यक्षका १ वर्षीय छोरा, बच्चा हेरालु ३४ वर्षीय वीरेन्द्र शाही, चौरपाटी गाउँपालिकाकी उपाध्यक्ष सरुदेवी खड्का र उनकी छोरी २० वर्षीया वर्षा खड्का रहेका विष्टले बताए। उनीहरुलाई चोटपटक भने नलागेको बताइएको छ।