‘आवश्यक परेका बेला सहयोग पायौ, खुसी छौ’

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ८ मजगाउँका स्थानीय कृष्ण चौधरीले सानो किरानाको पसल सञ्चालन गरेका छन । व्यापार गरेर जिविकोपार्जन गर्ने उनलाई कोरोना महामारीका कारण व्यवसाय बन्द हुँदा आर्थिक समस्या प-यो । त्यस्तो अवस्थामा उनलाई कोभिड – १९ प्रभावित समुदायहरुका लागी पुनरोत्थान (रिकभर) परियोजनाले सहयोग ग-यो । रिकभर परियोजना बेसले आयोजना गरेको परियोजना हो ।

maya metro hospital

लुथरन वल्र्ड रिलिफ (एलडब्ल्युआर) को आर्थिक सहयोग र गोदावरी नगरपालिकाको समन्वयमा ब्याकवार्ड सोसाईटी एजुकेशन (बेस) ले परियोजना सञ्चालन गरेको थियो । आफ्नो आर्थिक संकट टारेको भन्दै चौधरीले रिकभर परियोजनालाई धन्यवाद ज्ञापन गरे । ‘आवश्यक परेका बेला सहयोग पाए, सारै खुशी छु’ उनले भने ‘रिकभर परियोजनालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ।’

joshi vada pasal 2

उनले आफुले सानै रकम पाएपनि आवश्यक परेका बेला पाएको बताए । उनले परियोजनाले आगामी दिनहरुमा यस्ता कार्यहरुका साथै पछाडी परेका अपांगता भएका व्यक्तिहरुलाई सिपमुलक तालीम, स्वास्थ्य बिमा लगायतका कुराहरुमा जोड दिए अझै राम्रो हुने बताए । ‘यो कार्य नि उपयुक्त छ, तर नगरमा धेरै पछाडी परेका अपांगता भएका व्यक्तिहरु छन’ उनले भने ‘त्यस्ता व्यक्तिहरुलाई परिचय पत्र र विपन्नताको आधारमा आयआर्जन गर्नका लागी केही तालीमहरु दिए अझै राम्रो हुने थियो ।’

रिकभर परियोजनाबाटै तरकारी खेतीका लागी बिउ तथा अन्य विभिन्न सामग्री पाएकी गोदावरी नगरपालिका – ८ फकलपुरकी ४५ वर्षिया लक्ष्मी चौधरीले आफुलाई आवश्यक परेका बेला उन्नत जातका तरकारीका बिउ उपलब्ध गराई कृषि उत्पादनमा बृद्धि गर्न सहयोग गरेको भन्दै परियोजनालाई धन्यवाद ज्ञापन गरिन ।

‘समयमै आवश्यकता भएका बेला तरकारी खेतीका लागी सहयोग पाए’ उनले भनीन ‘खुसी लागेको छ, कृषि कार्यका लागी परियोजनाले हामी जस्ता साना किसानलाई हेरेकोमा ।’ उनले आफुले साढे ३ कठ्ठा जमिनमा तरकारी खेती लगाएको र विगतको तुलनामा आम्दानीमा पनि बृद्धि भएको बताईन् ।

‘पहिले पनि सोही जमिनमा तरकारी खेती लगाउथे, उत्पादन कम हुन्थ्यो’ उनले भनीन् ‘यसपटक परियोजनाबाट पाएको विउ लगाएकी थिए, यसले उत्पादनमा बृद्धि भएको छ, पहिले करिब २० हजार सम्मको तरकारी बिक्रि गर्ने म अहिले ३० हजार भन्दा माथीको तरकारी बिक्रि गर्छु ।’ उनले परियोजनाले दिएको उन्नत जातको बिउले तरकारीको उत्पादनमा बृद्धि भएको बताईन ।

सोही ठाउँकी अम्बिका चौधरीले तरकारीको उत्पादन बृद्धि भएको भन्दै खुसी व्यक्त गरिन । ‘समयमै निःशुल्क रुपमा उन्नत जातका तरकारीका बिउ पाए’ उनले भनीन ‘उक्त विउले उत्पादनमा बृद्धि गरेको छ, पहिलेको तुलनामा अहिले मेरो आम्दानीमा पनि बृद्धि भएको छ ।’ उनले तरकारीको उत्पादनमा बृद्धि भएपनि बजारमा मुल्य नपाउँदा समस्या भएको बताईन् ।

माथि उल्लेखित प्रतिनिधि पात्रहरुलाई रिकभर परियोजना अन्र्तगत बेसले तरकारीका बिउ, औषधी, स्प्रे ट्यांकी तथा आर्थिक सहयोग वितरण गरेको थियो ।

कैलालीमा अक्टोबर ५ देखि उक्त परियोजना सुरु भएको उक्त परियोजना यही जुन २२ मा समाप्त हुँदै छ । जिल्लाका धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र कैलारी गाउँपालिका गरी तिन वटा पालिकाहरुमा परियोजना सञ्चालन भएको थियो ।

परियोजना संयोजक लक्ष्मण चौधरीले परियोजनाले स्वास्थ्य र आयआर्जन गरी दुई वटा क्षेत्रमा कार्य गरेको बताए । उनले स्वास्थ्यको क्षेत्रमा स्वास्थ्यकर्मीहरुको क्षमता अभिवृृद्धि गर्ने, स्वास्थ्य संस्थाहरुको सवलीकरणको लागी बर्थिङ सेन्टर निर्माण तथा सञ्चालनका लागी सहयोग गर्ने तथा नगरपालिकालाई विभिन्न स्वास्थ्य सामग्रीहरु उपलब्ध गराउने लगायतका कार्यहरु गरिएको बताए ।

यस्तै आयआर्जनको क्षेत्रमा किसानहरुलाई बिउ वितरणका साथै कोभिडका कारण जागिर गुमाएकाहरुलाई आयआर्जनका लागी सानो आर्थिक सहयोग गरिएको उनले बताए ।

त्यसका साथै परियोजना अन्र्तगत नै स्वास्थ्य बिमा र सुत्केरीहरुलाई पोषण सामग्री पनि प्रदान गरेको उनले बताए । परियोजनाले स्वास्थ्यका साथै विपन्न परिवारको आयआर्जनका लागी पनि सहयोग गरेको बताए । उनले गोदावरीमा परियोजना सञ्चालनका लागी ५७ लाख २० हजार ९ सय ९९ रुपैया ४४ पैसा खर्च गरेको बताए ।

उनका अनुसार जिल्लाका तिन वटै पालिकाहरुमा परियोजना सञ्चालनका लागी रु. २ करोड १ लाख २४ हजार ९ सय ४८ रुपैया रहेको छुट्याईएको थियो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.