खाेज्नुहाेस

गोदावरी – ६ को अध्यक्षका उम्मेदवार फुलारा भन्छन : ‘विकास निर्माणलाई मुख्य प्राथमिकता दिने छु’

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाको वडा नम्बर ६ को वडा अध्यक्षमा चुनाव लडिरहेका जय राज फुलाराले आफूले विकास निर्माणको कामलाई मुख्य प्राथमिकता दिने बताएका छन । नेपाली कांग्रेसबाट वडा अध्यक्ष पदमा चुनाव लडिरहेका उनले वडामा भएका खोलानालामा तटबन्ध, पुल, सडक निर्माणलाई प्राथमिकता दिने बताएका छन ।

‘खानेपानीको व्यवस्था गर्ने ढलनिकास संगै सडक निर्माण गर्ने, पिच गर्नुभन्दा पहिला नाला निर्माण गरिने छ’ अत्तरिया अनलाइन संग कुरा गर्दै उनले भने ‘मेरो प्राथमिकता बाटोको स्तनोस्तरी गरेर, नाला निर्माण गरेर मात्रै पिच गर्नेमा हुनेछ ।’उनले वडामा बढी भिडभाड हुने ठाउँमा सिसिटीभि क्यामेरा जडान गरिने बताए ।

attariya hospital

उनले कोरोना महामारीका कारण बरोजगारीको समस्या झनै बढेकाले त्यसको समस्या सामाधानका लागि पनि आफूले वडा संगै प्रदेश र संघिय सरकार संग पहल गर्ने बताएका छन । ‘कोरोना महामारीका कारण अहिले बेरोजगारीको ठूलो समस्या छ । मैले चुनाव जितेपछि सिपमुलक तालिम दिने छु । कृषि र अन्य आयमुलक कार्यक्रम संचालन गर्ने छु । युवाहरुलाई बैदेशिक रोजगारीमा जाने क्रम रोक्नको लागि गाउँठाउँमा रोजगारी दिनेमा मेरो जोड रहने छ’ उनले भने ‘म आफै पनि ८ बर्ष बैदेशिक रोजगारीमा बसेको भएकाले मैले विदेशमा नेपाली युवाहरुले भोग्ने समस्या संग अवगत छु । ति पीडा नहुन भन्नका लागि म वडा, संगै प्रदेश र संघिय सरकाबाट रोजगारी श्रिजना गर्नका लागि पहल चाल्ने छु ।’

२०७४ सालमा स्थानीय चुनावमा वडा सदस्यमा विजयी भएका फुलाराले सो अनुभवलाई वडा अध्यक्ष पदमा लागु गर्ने बताए ।
‘मैले ५ बर्षको अवधिमा वडामा के के काम गर्न बाँकि छन भन्ने कुरा राम्ररी बुझेको छु’ उनले भने ‘यस क्षेत्रका सबै समुदाय र वर्गका मानिसको समस्या मैले बुझेको छु । सोही अनुसार म अब योजना बनाएर काम गर्ने छु ।’

navjiwan hospital

उनले वडामा सेवा लिन आउने ६० बर्ष माथिका जेष्ठ नागरिकलाई यातायातको व्यवस्था गर्ने बताए । ‘वडाबाट एउटा अटोरिक्सा खरिद गरेर जेष्ठ नागरिकलाई घरसम्म पुगाउने योजना छ’ उनले भने ‘जेष्ठ नागरिकले धेरै टाढाबाट आएर सेवा लिन निकै समस्या हुने भएकाले मैले यो योजना ल्याएको हुँ ।’

उनले सामाजिक सुरुक्षा भत्ता पनि वडाबाटै वितरण गरिने बताए । ‘सामाजिक सुरक्षा भत्तालाई वडाबाटै दिइने छ । जसका लागि वडामै बैंकिङ प्रणाली सुचारु गरिने छ’ उनले भने ‘युवा, बालकालिका, महिलाका लागि पनि कार्यक्रम संचालन गरिने छ ।’

उनले चुनावमा आफ्ना योजनाका बारेमा वडाका प्रत्येक घर–घर घरमै गएर जानकारी दिने गरेको बताए । उनले गठबन्धनमा जनतामा भोट कसरी हाल्ने भन्ने पनि अन्योल भएकाले त्यसका लागि जनतालाई भोट हाल्न पनि सिकाइरहेको बताए ।

भिडियो