खाेज्नुहाेस

गठबन्धनको सरकारले गोदावरीलाई समृद्ध बनाउनेछ : उपमेयर उम्मेदवार कडायत

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका उपमेयरकी उम्मेदवार रत्ना कडायतले गठबन्धनलाई जिताएको खण्डमा नगरपालिकालाई समृद्ध बनाउने बताएकी छिन । दोस्रो कार्यकालका लागि गठबन्धनमा नेकपा एकीकृत समाजजवादीका तर्फबाट उपमेयरकी उम्मेदवार बनेकी कडायतले पहिलो कार्यकाल ऐतिहासिक कार्यकाल भएपनि धेरै काम गर्न नसकिएको बताइन् ।

‘अब गठबन्धनको सरकारलाई मतदान गर्नुभयो भने हामी पकै पनि नगरपालिकालाई समृद्ध रुपमा अगाडी बढाउने छौ’ मंगलबार कैलालीको गोदावरी नगरपालिका – ३ चौकीडाँडाँमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कडायतले भनीन् ‘नगरपालिकालाई अब भष्टाचार मुक्त बनाउने छौ ।’

attariya hospital
navjiwan hospital

उनले ‘जनताको अधिकार निःशुल्क स्वास्थ्य उपचार’, ‘शिक्षामा सुधार प्रगतिको आधार’, ‘संरक्षित कृषि बजार, किसानको जिवनमा वहार’ भन्ने नारालाई अगाडी बढाइने बताइन् । उनले पालिकामा युवा विभाग, हरेक वडामा खेलकुद मैदान, हरेक वडामा घर बगैंचा कार्यक्रम गर्ने, घर घरमा फलफुलका बिरुवा लगाउने, बालबालिका र महिलाका लागि बिषेश कार्यक्रम संचालन गर्ने, जेष्ठ नागरिकलाई सम्मान दिने लगायतका कार्यक्रम संचालन गरिने बताइन् ।

उनले आफ्नो अघिल्लो कार्यकालमा धेरै त्रुटी नगरेको दाबी गर्दै आगामी दिनमा पहिलो कार्यकालमा थाती रहेका कामलाई पनि पुरा गर्ने बताईन् ।

बैशाख ३० गते हुने स्थानीय चुनावमा सत्तारुढ गठबन्धनका तर्फबाट गोदावरीमा नेपाली कांग्रेसबाट मेयर र एकीकृत समाजवादीबाट उपमेयर चुनावी मैदानमा छन ।