खाेज्नुहाेस

बैतडीमा चुनाव प्रचारमा भारतीय गाडी प्रयोग 

Image

बैतडी – नेकपा एमालेले चुनावी प्रचारप्रसारका लागि  बैतडीमा भारतीय नम्बर प्लेटको गाडी प्रयोग भएको भेटिएको छ । एमालेका तर्फबाट दोगडाकेदार गाउँपालिकाको वडा नम्बर ७ मा वडाध्यक्षका उम्मेदवार रहेका दिनेशप्रसाद भट्टले आचारसंहिता विपरीत भारतीय गाडी प्रयोग गरेको भेटिएको हो ।

navjiwan hospital

निर्वाचन आयोगले उम्मेदवारको तह अनुसार गाडी प्रयोग गर्न आचारसंहितामै उल्लेख गरेको भए पनि भट्टले भारतीय नम्बर प्लेटको गाडीमा एमालेको चुनाव चिह्न र झण्डा प्रयोग गरेका छन् ।

attariya hospital

कुनै पनि उम्मेदवारले विदेशी नम्बर प्लेटका गाडी प्रयोग गर्न नपाइने आचारसंहितामा प्रष्ट उल्लेख भएको मुख्य निर्वाचन अधिकृत तिलकबहादुर कार्कीले बताए । निर्वाचन आचारसंहितामा नेपालमा दर्ता भएका गाडीहरू निर्वाचन प्रयोजनका लागि प्रत्यक्ष उम्मेदवारले अधिकतम दुईवटा हलुका सवारीसाधन निर्वाचन अधिकृतको कार्यालयबाट स्वीकृति लिई सञ्चालन गर्न पाउने प्रावधान छ । प्रचारप्रसारमा भारतीय गाडी प्रयोगबारे बुझ्ने काम भइरहेको कार्कीको जानकारी दिए ।