खाेज्नुहाेस

अत्तरियामा निःशुल्क मुटु रोग शिविर सम्पन्न, १५० जनाले लिए सेवा

Image

अत्तरिया – कैलालीको अत्तरियामा रहेको सुदूरपश्चिमाञ्चन सामुदायिक हस्पिटलमा संचालन गरिएको निःशुल्क मुटु रोग शिविर सम्पन्न भएको छ । लायन्स क्लब अफ धनगढी भिजनको प्रायोजकमा शिबिर संचालन गरिएको हो ।

navjiwan hospital

शिविरबाट १५० जनाले सेवा लिएको प्रशासन प्रमुख खेमानन्द भट्टले बताए । शिविरमा निःशुल्क ओपिडि, औषधी, इसिजि, आरबिएस र क्रिटिनन सेवा प्रदान गरिएको थियो ।

attariya hospital

शिविरमा क्युइस्ट फर्मास्यूटिकल प्रालीले निःशुल्क औषधी उपलब्ध गराइएको फर्मास्यूटिकलका प्रतिनिधि टेक राज भट्टले बताए ।

शिविरमा डा. कृष्ण चन्द अधिकारीले चेकजाँच गरेको सुदूरपश्चिम सामुदायिक अस्पतालका प्रबन्ध निर्देशक राजेश खड्काले बताए । शनिबार बिहान ११ बजे देखि सुरु भएको शिविर दिनभरी संचालन गरिएको थियो ।