खाेज्नुहाेस

कांग्रेस कैलालीले आफ्ना भागमा परेका १० उम्मेदवारको नाम टुङ्ग्यायो

Image
navjiwan hospital

धनगढी – नेपाली कांग्रेस कैलालीले जिल्लामा आफ्नो भागमा परेका प्रमुख तथा उपप्रमुखको उम्मेदवारी तय गरेको छ । कांग्रेस कैलालीका सचिव नृप सुनारका अनुसार चुरे, कैलारी र मोहन्याल गाउँपालिकको उपाध्यक्ष टुंगिएको छैन तर अरु १० जना उम्मेदवार भने तय भएका छन् ।

जसअनुसार धनगढी उपमहानगरपालिकाको मेयर नृपबहादुर वड, टीकापुर नगरपालिकाको मेयरमा नवराज रावल, लम्कीचुँहा नगरपालिकाको मेयरमा भक्तबहादुर थापा, गोदावरी नगरपालिकाको मेयर वीरेन्द्र भट्ट, जानकी गाउँपालिकाको अध्यक्षमा पर्शु चौधरी, जोशीपुर गाउँपालिकाको अध्यक्षमा वंशराम चौधरी, बर्दगोरिया गाउँपालिकाको अध्यक्षमा रामनारायण कठरिया, भजनी नगरपालिकाको उपमेयरमा गोकेन्द्र भण्डारी, घोडाघोडी नगरपालिकाको उपमेयरमा रीता चौधरी, गौरीगंगा नगरपालिकाको उपमेयरमा भोजबहादुर बमको नाम टुङ्ग्याएको छ ।

attariya hospital