खाेज्नुहाेस

विवाइसी गोल्डकपको उपाधिका लागि आज एपीएफ र पुलिस क्लब भिड्ने

Image

धनगढी – कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि विभागीय टोली एपीएफ क्लब र नेपाल पुलिस क्लब भिड्ने भएका छन । धनगढी रंगशालामा शनिबार साँझ हुने फाईनलमा दुबै टोली उपाधिका लागि भिड्न लागेका हुन् । प्रतियोगिता वनदेवी युवा क्लबको आयोजना वैशाख ३ गतेदेखि सुरु भएको थियो ।

navjiwan hospital

एपिएफल सेमिफाईनलमा आर्मीलाई ३–२ ले हराएको थियो भने क्वाटरफाईनलमा विराटनगर महानगरपालिकालाई ८–० को फराकिलो अन्तरले हराएको थियो । पुलिसले सेमिफाईनलमा आयोजक वनदेवी युवा क्लबलाई ३–० को अन्तरले हराएको थियो भने क्वाटरफाईनलमा चन्द्रपुर नगरपालिकालाई १–० ले हराएको थियो । शनिबार धनगढी रंगशालामा समापन हुने गोल्डकपको विजेताले ट्रफी सहित नगद ५ लाख र उपविजेताले ट्रफी सहित २ लाख ५० हजार रुपैयाँ पुरस्कार राशि प्राप्त गर्नेछ ।

attariya hospital

प्रतियोगितामा ओम्यान अफ दी म्याचलाई ५ हजार, त्यस्तै विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १० हजार र प्रतियोगिता भरी उत्कृष्ट हुने खेलाडीले नगद ५० हजार रुपैयाँ प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष सुसन जोशीले बताए ।

धनगढीमा दिउँसो अत्यधिक गर्मी हुने भएकोले पहिलो पटक रात्रिकालीन प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताको मुख्य प्रबद्र्धकमा सूदुरपश्चिम प्रदेश खेलकुद परिषद रहेको छ ।