अत्तरिया – सुदूरपश्चिम प्रदेश सरकारका पुर्व सामाजिक विकास मन्त्री कृष्ण राज सुवेदीले नेकपा एमाले ५ पार्टीलाई हराएर चुनाव जित्ने बताएका छन । एमाले प्रदेश कमिटी सदस्य एवम् गोदावरी नगर कमिटी चुनाव प्रचार–प्रसार मुल समितिका संयोजक समेत रहेका सुवेदीले नेकपा एमालेलाई हराउनको लागि ५ पार्टी गठबन्धन गरेर चुनाव लडिरहेको भएपनि एमाले एक्लैले सबैलाई हराउने बताएका हुन ।

‘अहिले नेकपा एमाले परीक्षाको घडिमा छ । हिजो हामीले जसरी नेकपा एमालेलाई बहुमतका साथ विजयी गरायौ । आज हाम्रो काधमा त्यो जिम्मेवारी दोहरीएको छ’ शुक्रबार एमालेले अत्तरियामा आयोजना गरेको घोषणा पत्र सार्वजनिक कार्यक्रममा बोल्दै उनले भने ‘नेकपा एमालेलाई गोदावरीमा हार्ने छुट छैन ।’

उनले जेठ ३ गते नेकपा एमालले गोदावरीमा विजय जुलस निकाल्ने बताए । ‘हामीले ५÷६ पार्टीलाई हराएर नेकपा एमालेलाई गोदावरीमा विजयी गरायौ भने हाम्रो सिर ठाडो हुनेछ’ उनले भने ‘त्यसका लागि अबको १८ दिन अल्छि नमानेर पार्टीको काममा हिड्नुहोस् ।’ उनले चुनाव जितेपछि प्रतिवद्धता पत्र नबिर्सन पनि आग्रह गरेका थिए ।



















