अत्तरिया – नेकपा एमाले गोदावरीको घोषणा पत्र (प्रतिवद्धता पत्र) सार्वजनिक गरिएको छ । शुक्रबार एमालेको अत्तरिया कार्यालयमा आयोजित एक कार्यक्रमका बिच स्थानीय निर्वाचनको घोषणा पत्र सार्वजनिक गरेको हो ।
घोषणा पत्रमा नगर स्तरिय नीति, कानुन तथा योजना तर्जुमा एवं कार्यान्वयन, शिक्षा, स्वास्थ्य, खानेपानी तथा ढल निकास, फोहरमैला व्यवस्थापन र सरसफाइ, विद्युतीकरण र आधुनिक उर्जा, जलश्रोत तथा सिचाई पुर्वाधार, सडक तथा यातायात, आवास व्यवस्था, कृषि तथा पशुपञ्छि, सहकारी क्षेत्रको विकास, भूमिव्यस्थापन सहरी विकास तथा बस्ती विकासका योजना समेटिएका छन ।

त्यस्तै पर्यटन पूर्वाधार विकास तथा प्रवद्र्धन, कला, संस्कृति तथा पुरातात्विक सम्पदा, युवा तथा खेलकुद, महिला समानता र सशक्तिकरण, जेष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका अशक्त र पछाडी परेका वर्ग तथा समुदायको उत्थान तथा सामाजिक सुरक्षा, गरिबी निवारण तथा रोजगारीको सिर्जना, वन तथा वातावरण एव विपद् जोखिम व्यवस्थापन, लघु उद्योग एवं स्थानीय बजार व्यवस्थापन, स्थानीय स्रोत–साधन तथा राजस्व परिचालन, नगरसभा संचालन एवं व्यवस्थापन, न्यायिक समिति एवं मेलमिलाप र मध्यस्थताको व्यवस्थापन, स्थानीय अभिलेख व्यवस्थापन र सूचना प्रणाली, पालिका तथा वडा कार्यालय व्यवस्थापन र सेवा प्रवाह, संस्थागत संरचना, सुशासन र जनशक्ति व्यवस्थापन, सूचना तथा संञ्चार प्रणाली लगायतका बुदा समेटिएका छन ।
एमाले गोदावरीले स्थानीय निर्वाचन २०७९ को घोषणा पत्र सस्यौदा निर्माणका लागि नरेन्द्रराज शर्माको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको थियो ।

नेकपा एमाले गोदावरी नगर कमिटीका अध्यक्ष गोकण भट्टको अध्यक्षतामा आयोजित घोषणा पत्र सार्वजनिक कार्यक्रमका प्रमुख अतिथि एमाले प्रदेश कमिटी सदस्य एवम् सुदूरपश्चिम प्रदेशका पुर्व सामाजिक विकास मन्त्री कृष्ण राज सुवेदी रहेका थिए । कार्यक्रममा नगर कमिटी अध्यक्ष भट्टले घोषणा पत्र पढेर सुनाएका थिए ।
यस्ता छन मुख्य घोषणा
टिनका छाना मुक्त विद्यालय भवन निर्माणमा जोड दिने
प्रत्येक वडामा नमूना विद्यालय घोषणा गर्ने
मालाखेती अस्पतालमा विशेषज्ञ चिकित्सकबाट सेवा प्रदान गर्ने व्यवस्था मिलाइने
७० बर्ष माथिका वृद्ध वृद्धाहरुको घर दैलोमा गइ निशुल्क परिक्षण गर्ने ।
१ घर एक धाराको नीति अवलम्बर गर्ने
मुख्य बजारमा सार्वजनिक शौचालय निर्माण गर्ने
खुटीया, गोदावरी, मछेली नदीमा डोटीको ठूलीगाडको पानी मिसाउन पहल गर्ने
प्रत्येक वडामा रिङ्गरोड बनाउने
प्रदेश र संघिय सरकार संगको समन्वयमा अत्तरियामा बसपार्क निर्माण गर्ने
हाल कच्ची रहेका ९० प्रतिशत सडक कालोपत्रे गर्ने
पशुबधशाला तथा शीत भण्डारको स्थापनामा जोड दिने
कवर्डहल, खेलमैदान, क्लव भवन निर्माणमा जोड दिने
गरिब परिवारको पहिचान गर्ने
रोजगार सूचना केन्द्रको व्यवस्थापन गर्ने
नगर भित्र बगैँचा पार्क निर्माणमा जोड दिने
छाडा चौपाया व्यवस्थापनका लागि गौशाला स्थापना गरिने
अत्तरियामा धर्मशाला बनाइने
अत्तरियाका ठेला छाप्राको उचित व्यवस्थापन गरिने
निःशुल्क शव वाहनको व्यवस्था मिलाउने
२ हजार क्षमताको सभाहल निर्माण गरिने
गोदावरी देखि बुढीतोला सम्म केवुलकार संचालका लागि संघिय सरकार संग सहयोगका लागि पहल गर्ने
यस्तो छ घोषणा पत्र




















