खाेज्नुहाेस

विवेकशिल साझाबाट धनगढीको उपप्रमुखमा ओझाद्धारा उम्मेदवारी घोषणा

Image

अत्तरिया – विवेकशिल साझाबाट धनगढी उपमहानगरपालिकाको उपप्रमुखमा विमला पन्त ओझाले उम्मेदवारी घोषणा गरेकी छन । आसन्न बैशाख ३० गते हुन गैरहेको स्थानिय तहको निर्वाचनमा सुदूरपश्चिमकै एकमात्र उपमहानगरपालिका धनगढीको उपप्रमुखका लागी ओझाले उम्मेदवारी घोषणा गरेकी हुन ।

इतिहास र समाजशास्त्रमा स्नातकोत्तर गरेकी ओझाले ३४ वर्ष उच्च माविको शिक्षकका रुपमा काम गरी हाल निवृत्तिभरण लिएर बसेको बताईन ।

attariya hospital
navjiwan hospital

उनले कैलाली र कञ्चनपुरका अति विपन्न परिवारका १३ सय बालिकाहरूलाई प्रत्येक वर्ष १०+२ सम्म पठनपाठनका लागि आवश्यक सबै सामग्री सहयोग गरी पढाइको जिम्मेवारी लिएको बताईन । ओझा १४ वर्षदेखि जिल्ला अदालत कैलालीमा बाल इजलासमा समाज शास्त्रीका रूपमा संलग्न छिन् ।

उनले आफु निर्वाचित भएपछि पदीय हैसियतले एउटा कोष स्थापना गरी बाह्य कार्यक्रमको सिलसिलामा पाइने भत्ता जम्मा गरेर भोका, टुहुरा र असहायहरूको सेवामा लगाउने बताएकी छन ।

यद्दपी धनगढी उपमहानगरपालिकामा हालसम्म विवेकशिल साझाबाट नगरप्रमुख पदमा भने कसैले उम्मेदवारी घोषणा गरेका छैनन ।

ओझाको प्रतिज्ञापत्र :
१. राष्ट्र सेवामा प्रतिबद्ध भई इमानदारीपूर्वक काम गर्नेछु ।
२. गुणस्तरीय जीवनका लागि दिगो विकासमा आधारित स्वच्छ, प्राकृतिक र सामाजिक वातावरण निर्माण गर्न लागिपर्नेछु ।
३. भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन प्रत्याभूत गरी सरकारी सेवा सर्वसुलभ बनाउनेछु ।
४. गुणस्तरीय र निःशुल्क शिक्षा र स्वास्थ्य सेवा उपलब्ध गराउन जिम्मेवारीपूर्वक लागि पर्नेछु ।
५. निर्वाहमुखी कृषि कर्मलाई व्यवसायमुखी बनाउनेछु ।
६. असहाय वृद्धवृद्धा तथा बालबालिकाको रेखदेख र पालनपोषणको जिम्मेवारी उपमहानगरले लिने व्यवस्थाका लागि पहल गर्नेछु ।
७. राजनैतिक पूर्वाग्रह नराखी सबै व्यक्ति र समाजसँग अपनत्वको भावना राख्नेछु ।
८. धनगढी उपमहानगरपालिकाभित्रको न्याय सम्पादन कार्यलाई सहज बनाउन इजलासलाई व्यवस्थित बनाउनेछु ।
९. युवाहरूलाई वैदेशिक रोजगारीमा जान निरुत्साहित गर्न आफ्नै स्रोत र साधनमा आधारित उद्यमशीलतामार्फत उन्मुख गराउनका लागि परामर्श केन्द्र स्थापना गर्नेछु ।