खाेज्नुहाेस

अत्तरिया चोकमा स्व. राजा महेन्द्रको शालिक अनावरण

Image

अत्तरिया – कैलालीको अत्तरिया चोकमा भत्काइएको स्व. राजा महेन्द्रको शालिक १६ बर्ष पछि पुननिर्माण गरिएको छ । २०६२ चैत २४ गतेदेखि २०६३ वैशाख ११ सम्म चलेको १९ दिने आन्दोलन क्रममा भत्काइएको शालिक जनस्तरबाट पुननिर्माण गरिएको हो ।

शालिक पुनः निर्माण समिती गोदावरीले गत बर्षको असोज महिनादेखि सुरु गरेको शालिक पुनः निर्माण अभियान मार्फत रकम संकलन गरेर पुरानो शालिक भएकै स्थानमा शालिक पुननिर्माण गरेको छ ।

attariya hospital

जसका लागि डेढ सय जनाबाट रकम संकलन गरिएको शालिक पुनः निर्माण समितीका अध्यक्ष हरी भट्टराइले बताए । उनले शालिक निर्माणका लागि करिब १६ लाख खर्च भएको र, जसमा हालसम्म १० लाखको हाराहारीमा रकम संकलन भएको बताए । समितिले शालिक निर्माणमा भएको आयव्यवको विवरण केही दिनमा आधिकारीक रुपमा सार्वजनिक गर्ने जनाएको छ ।

अध्यक्ष भट्टराइले राजा महेन्द्रको शालिक अनावरणले इतिहासको संरक्षण गर्नमा मदत पुग्ने बताए । ‘वितगमा भूलबस शालिक ढालिएको थियो । आज शालिक अनावरण गर्न पाउँदा निकै खुसी लागेको छ’ उनले भने ‘व्यवस्था परिवर्तन भएपनि हाम्रा धरोहर भत्काइनु गलत थियो । हामीले हाम्रो इतिहासका बारेमा जानकार हुन जरुरी छ । हामीले इतिहासबाट धेरै कुरा सिक्न सक्छौ ।’

navjiwan hospital

अत्तरिया चोकमा शालिक भत्काइएको लामो समय बितिसक्दा पनि त्यसको पुननिर्माणमा चासो नदिइदा चोक कुरुप समेत बनेको थियो ।
सुदूरपश्चिम सरकारले आर्थीक बर्ष २०७७ ÷७८ को बजेट भाषणमै अत्तरिया चोकमा सुदुरपश्चिममा जन्मिएका बिभिन्न कालखण्डका विभूतीहरुको शालिक राख्ने घोषणा गरेपनि उक्त योजना समेत कार्यान्वयन हुन सकेको थिए । शालिक ढलेपछि लामो समय सम्म राज्यका निकायले चासो नदेखाएपनि जनस्तरबाट शालिक राख्ने आवाज उठ्न थालेको थियो ।

शालिकको सोमबार एक कार्यक्रमका बिच लोमस गिरिजी महाराज मठाधिश निरन्जनी अखाडाले अनावरण गरेका थिए । शालिक अनावरण पुर्व पुजापाठ र अत्तरिया बजारमा ¥याली निकालिएको थियो । बाजागाजा सहित निकालिएको ¥यालीमा स्थानीय व्यक्तिहरुको स्फुर्त सहभागिता रहेको थियो ।

-याली पछि आयोजना गरिएको औपचारिक कार्यक्रममा सहभागि पुर्व अर्थमन्त्री प्रकाश चन्द्र लाहनीले इतिहासको सरक्षणका लागि शालिक राखिनु राम्रो काम भएको बताए । उनले राजा महेन्द्रले थुप्रै राम्रा काम गरेकाले उनको सम्मानमा शालिक राखिनु राम्रो काम भएको तर्क गरे ।

उनले राजा महेन्द्र अत्यन्त प्रतिभाशाली, कुशल र देशभक्त व्यक्तित्व भएको बताए । ‘ठूला–ठूला व्यक्तिका राम्रा कुरा संगै केही कमजोरी पनि हुन्छन । तर हामीले उहाँका राम्रा कुरालाई कसरी अगाडी लिएर जाने भन्ने कुरामा ध्यान दिनुपर्छ’ उनले भने ‘राजा महेन्द्रको पालामा नेपालमा धेरै परिवर्तन भएका छन । यो देशमा ७७ जिल्ला तोकेर प्रशासनिक संरचना खडा गर्ने, देशलाई २० औं शताब्दिको आधुनिक युगमा लौजान काम राजा महेन्द्रले गरेका हुन ।’ उनले अहिले पनि राजाले खडा गरेको संरचनाको जगमा देश चलेको बताए ।

कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले पनि राजा महेन्द्रको शालिक राख्ने कार्यको प्रशन्सा गरेका थिए ।