खाेज्नुहाेस

आईपीएलमा मुम्बईको लगातार छैटौं हार

Image

काठमाडौं– मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा लगातार छैटौँ पटक पराजित भएको छ ।

शुक्रबार मुम्बईस्थित ब्रेबोर्न रंगशालामा भएको खेलमा नव प्रवेशी लखनउसँग पराजित हुँदा पाँचौँ पटकको आईपीएल च्याम्पियन मुम्बई इतिहासकै खराब स्थितिमा रहेको छ ।

attariya hospital

२०० रनको विशाल विजयी लक्ष्य पाएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै मात्र १८१ रन बनाउन सक्यो ।

navjiwan hospital

मुम्बईका सूर्यकुमार यादवले सर्वाधिक ३७ रन बनाए । लखनउका आवेश खानले ३ विकेट लिए ।

यसअघि, टस हारेर ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९९ रन बनायो ।

लखनउका कप्तान लोकेश राहुलले विस्फोटक ब्याटिङ गर्दै ६० बलमा १०३ रन बनाए । यस्तै मनिष पाण्डेले ३८ रन बनाए ।

राहुलले ६० बलमा ९ चौका र ५ छक्का प्रहार गर्दै १ सय ३ रन जोडेका थिए । यो राहुलको सयौँ आईपीएल खेल पनि हो । टस जितेर बलिङ रोजेको मुम्बईका लागि भने जयदेव उनादकटले २ तथा मुरुगन अश्विनले १ विकेट लिएका थिए ।