खाेज्नुहाेस

स्थानीय चुनावमा सुरक्षाका हिसाबले पुर्चौडी अति संवेदनशील

Image

बैतडी – बैतडीमा स्थानीय तहको निर्वाचनमा सुरक्षाका हिसाबले पुर्चौडी नगरपालिका अति संवेदनशील पालिकाको रुपमा रहेको छ । सुरक्षाको हिसाबले पुर्चौडी अति संवेदनशील पालिकाको रुपमा रहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै जिल्ला सुरक्षा समितिले सुरक्षाका हिसाबले अति संवेदनशील, संवेदनशील र कम संवेदनशील स्थानीय तह र निर्वाचन स्थल छुट्याएको हो ।

जसअनुसार पुर्चौडी नगरपालिका अति संवेदनशील स्थानीय तहको रुपमा रहेको छ भने संवेदनशील पालिकाको रुपमा चार वटा पालिका रहेका छन् । सिगास, पञ्चेश्वर, सुर्नया र डिलाशैनी गाउँपालिका संवेदनशील पालिकाको रुपमा रहेका छन् ।

attariya hospital
navjiwan hospital

यसैगरी कम संवेदनशील पालिकाको रुपमा दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र दोगडाकेदार गाउँपालिकाको रहेका छन् ।

यसैगरी जिल्ला सुरक्षा समितिले अति संवेदनशील मतदान स्थल पनि छुट्याएको छ । ३१ वटा मतदानस्थललाई अति संवेदनशीलको सूचिमा राखेको छ । त्यसैगरी संवेदनशील मतदानस्थल ३४ वटा रहेका छन् भने ६४ वटा कम संवेदनशील मतदानस्थलको रुपमा छुट्याइएको छ । जिल्लामा १२९ मतदानस्थल रहेका छन् ।

जिल्ला प्रशासन कार्यालयकाअनुसार सुरक्षा योजना तयार भइरहेको छ । त्यसपछि सुरक्षाका हिसाबले अति संवेदनशील, संवेदनशील र कम संवेदनशील अवस्थाका पालिका तथा मतदानस्थलमा सुरक्षाकर्मी परिचालन गर्ने जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए ।

स्थानीय तहको निर्वाचनको लागि बैतडीमा १ हजार ५१ म्यादी प्रहरी भर्ना गरिएको छ ।