अत्तरिया – थ्रीडिभीएल क्रियसनका अध्यक्ष दिपक ओझाले आफ्नो जन्मदिनको अवसरमा बिरुवा सहयोग गरेका छन् । अध्यक्ष ओझाले प्लानेट ग्रो ग्रीन नामक संस्थालाई बिरुवा सहयोग गरेका हुन् ।

उक्त विरुवा जन्मदिनको अवसरमा आयोजित एक कार्यक्रमका बिच अध्यक्ष ओझाले प्लानेट ग्रो ग्रीन संस्थाका अध्यक्ष पुष्कर शर्मालाई हस्तान्तरण गरेका थिए । जसमा रुद्राक्ष, समी, धुपी लगाएत ६ प्रकारका बिरुवा रहेका थिए ।

जन्मदिनमा फजुल खर्च गर्नुभन्दा वातावरण हरियाली बनाउने उदेश्य लिएको संस्थालाई बिरुवा हस्तान्तरण गरेको अध्यक्ष ओझाले बताएका छन ।



















