कञ्चनपुर – कञ्चनपुरमा परीक्षा दिन छोडेर विद्यार्थी आन्दोलित भएका छन । बुधबार तोकिएको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को परिक्षा दिन आएका विद्यार्थी आन्दोलित भएका हुन ।

उनीहरुले अध्ययन पूरा नहुँदै परीक्षा सञ्चालन भइरहेको भन्दै परीक्षा नै बहिस्कार गरेका छन् । सिटिइभिटी अन्तर्गतको डिप्लोमा सिभिल इन्जिनियरिङ्ग संकाय तेस्रो वर्षको दोस्रो सेमेष्टरको परीक्षा परीक्षा केन्द्र तोकिएको महेन्द्रनगरको सिद्धनाथ विज्ञान क्याम्पसमा विद्यार्थीहरु आन्दोलनमा उत्रिएपछि प्रहरीले ४ जनालाई नियन्त्रणमा समेत लिएको छ ।

परीक्षार्थी गोकर्ण महराले ६ महिनामा सक्नु पर्ने कोर्ष ५०/५५ दिन मात्रै पढाइ गरेर परीक्षा गरेपछि आन्दोलनमा उत्रिएको बताए । परीक्षा बुधबार बिहान ७ बजेदेखि सुरु हुने कार्यतालिका थियो ।
















