अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा रहेको मानव अधिकार समुहले नगरमा रहेका विभिन्न राजनितिक पार्टीहरुलाई ज्ञापनपत्र बुझाएको छ । आसन्न स्थानिय तहको निर्वाचनलाई मध्यनजर गर्दै नगरका विभिन्न राजनितिक दलहरुलाई मानव अधिकारका विषयहरुलाई प्राथमिकता दिन अनौपचारी क्षेत्र सेवा केन्द्र (ईन्सेक) द्धारा गठित समुहले ज्ञापन पत्र बुझाएको हो ।
निर्वाचनमा बनाईने घोषणापत्रमा मानव अधिकारका सवालहरु अनिवार्य रुपमा समावशे गर्न अनुरोध गर्दै नगरमा रहेका नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा एकिकृत समाजवादी र नेकपा माओवादीलाई ज्ञापन पत्र बुझाएको ईन्सेकका कैलाली सहजकर्ता दिपक नेपालीले बताए ।


उनका अनुसार उक्त ज्ञापन पत्र नेपाली कांग्रेसका नगरसभापति विर बहादुर चोखाल, नेकपा एकिकृत समाजवादीका नगर सचिव लक्ष्मण बोगटी, नेकपा माओवादीका उपाध्यक्ष दिनेश शाह र नेकपा एमाले वडा नं. १ का अध्यक्ष गणेश महरालाई बुझाईएको हो ।
ज्ञापन पत्रमा प्रत्येक नागरीकलाई आधारभुत सम्मको सो अनिवार्य र निशुल्क हुनुपर्ने, माध्यमिक तहको शिक्षा निशुल्क हुनुपर्ने, अपांगता भएका तथा आर्थिक रुपले विपन्न नागरिकलाई निशुल्क शिक्षाको व्यवस्था गर्नुपर्ने, प्रत्येक नागरिकलाई आधाभुत स्वास्थ्य सेवाहरु निशुल्क हुनुपर्ने, स्वच्छ खानेपानीको उपलब्धता हुनुपर्ने लगायतका कुराहरु समावेश गरिएका थिए ।
ज्ञापन पत्रमा उल्लेख गरिएका कुराहरु अनिवार्य रुपमा आफ्ना घोषणापत्रमा समेटिदिन उनले सबै राजनितिक दलहरुलाई आग्रह पनि गरे ।


















