खाेज्नुहाेस

अखण्ड सुदूरपश्चिम आन्दोलनका अगुवा लख्खाभाइ मेयरका उम्मेद्धार 

Image

बैतडी  – अखण्ड सुदूरपश्चिम आन्दोलनका अगुवा पुष्कर जोशी (लख्खाभाइ) मेयरका उम्मेद्धार बनेका छन । उनी बैतडीको दशरथचन्द नगरपालिकाको मेयरका लागि नेकपा एमालेबाट उम्मेद्धार बनेका हुन ।

पार्टीको नगरकमिटी बैठकले एमाले  सुदूरपश्चिम कमिटी सदस्य समेत रहेका जोशीलाइ  मेयर पदमा सर्बसम्मत चयन गरेको  नेकपा एमाले  दशरथचन्द नगर कमिटी सचिव मनोज बोहराले  जानकारी दिएका छन ।

attariya hospital

लख्खाभाइ २०७४ सालको स्थानीयतहको निर्वाचनमा पनि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मेयरको उम्मेद्धारा बनेका थिए । उनी कांग्रेसका विजयी मेयर नरेन्द्र सिंह थापासंग ६० मतान्तरले पराजित भएका थिए ।

navjiwan hospital

अखण्ड सुदूरपश्चिमको आन्दोलनका प्रणेताका रुपमा चिनिने लख्खाभाइ कुमाउ विश्वविद्यालय नैनीताल भारतमा छात्र सङ्घका अध्यक्ष समेत रहिसकेका छन् । उनी उक्त विश्वविद्यालयमा छात्र सङ्घको अध्यक्ष हुने पहिलो नेपाली समेत हुन । संविधानसभाको पहिलो र दोस्रो निर्वाचनमा बैतडी क्षेत्र नम्बर २ बाट चुनाव लडेका लख्खाभाइले दुवै निर्वाचनमा उल्लेख्य मत प्राप्त गरेका थिए ।

सुरुमा सुदूरपश्चिम जागरण मञ्चको नाममा जातीय राज्यका विरुद्ध अखण्ड सुदूरपश्चिमको आन्दोलन थालेका लख्खाभाइकै नेतृत्वमा दोस्रो संविधानसभाको निर्वाचनमा अखण्ड सुदूरपश्चिम पार्टी नेपाल दर्ता भई चुनाव लडेका थिए ।

त्यसपछि तत्कालीन राप्रपा नेपाल र अखण्ड सुदूरपश्चिम पार्टी एकीकरण भएपछि उनी तत्कालीन राप्रपा नेपालका सुदूरपश्चिम सहसंयोजक बनेका थिए ।

२०७४ सालको स्थानीय निर्वाचन पछि उनी एमाले प्रवेश गरेका थिए ।