अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – २ अत्तरियामा दुई मोटरसाईकल एक आपसमा ठोक्किएका छन ।
वडा नं. २ महेन्द्रनगररोड गोदावरी पुल नजिकै सु.प.प्र. ०१ ०१० प २८६ र से.७ प ८७०२ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किएका हुन ।
घटनास्थलमा अहिले प्रहरी पुगेको छ । घटना सम्बन्धी थप जानकारी प्राप्त हुन बाँकी छ ।