अत्तरिया – कैलालीको चुरे गाउँपालिकाको अध्यक्षका लागी एमालेबाट ७ जनाले उम्मेदवारी घोषणा गरेका छन । आसन्न स्थानिय तहको निर्वाचनमा गाउँपालिकाको अध्यक्षका लागी एमालेका गाउँकार्यसमितिका अध्यक्ष सहित ७ जनाले उम्मेदवारी घोषणा गरेका हुन ।
एमालेको गाउँभेलामा आफु सहित अन्य ६ जनाले उम्मेदवारी घोषणा गरेको एमालेका गाउँकार्यसमिति सभापति चक्र बहादुर बोगटीले जानकारी दिए । उनले आफु पनि यसपटक अध्यक्षको लागी दावेदार रहेको बताए ।


उनले आफुले जनताको सेवा गर्न र चुरेको समृद्ध विकाशका लागी आफुले यसपटकको चुनावमा अध्यक्षको लागी दावेदारी पेश गरेको बताए उनले स्थानिय स्रोत र साधनको परिचालन गरी गाउँपालिकाको आयस्रोत बढाएर गाउँपालिकालाई समुन्नत बनाउने आफ्नो योजना रहेको बताए ।
उनले आफुले चुरे गाउँपालिकाका सबै वडाहरुमा एमालेलाई निर्वाचित गराउने दावी समेत गरे । उनले आफुले पालिकामा संगठन बलियो बनाएकाले चुनावमा सहज रुपमा जित हासिल गर्ने बताए ।
उनका अनुसार उनि सहित गाउँपालिकामा २०७४ सालमा निर्वाचित गाउँपालिका अध्यक्ष धन बहादुर रोकामगर, दान बहादुर महरा, कृष्ण सिँ साउँद (विशाल), नर बहादुर तामाङ्ग, टेक शाह र रविन्द्र रानाको पनि अध्यक्षका लागी दावेदारी रहेको छ ।



















