खाेज्नुहाेस

अत्तरियामा रहेको लोटस माविले मनायो २३ औं बार्षीकोत्सव

Image
navjiwan hospital

अत्तरिया – कैलालीको अत्तरियामा रहेको लोटस आई अंग्रेजी माध्यमिक विद्यालयले आफ्नो २३ औं बार्षीकोत्सव तथा अभिभावक दिवस मनाएको छ । शुक्रबार एक भब्य कार्यक्रमका बिच विद्यालयले आफ्नो २३ औं बार्षीकोत्सव मनाएको हो ।

विद्यालयका संस्थापक अध्यक्ष गिरीराज कडायतको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम विश्वविद्यालयका रजिष्ट्रार यज्ञराज पाठक रहेका थिए भने विशिष्ठ अतिथिमा ऐश्वर्या वहुमुखी क्याम्पसका क्याम्पस प्रमुख धर्म देव भट्ट रहेका थिए ।

बार्षीकोत्सव कार्यक्रममा बिभिन्न सांस्कृतिक कार्यक्रम संगै विद्यालयको मुखपत्र ‘कमलपुञ्ज स्मारीका’ विमोचन गरिएको विद्यालयका प्रधानाध्यापक मान बहादुर ऐरले बताएका छन ।

कार्यक्रममा विभिन्न विद्यामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरीएको थियो । २०५५ सालमा स्थापना भएको उक्त विद्यालयमा कक्षा नर्सरी देखि १२ कक्षासम्म अध्यापन हुदै आएको छ भने हाल उक्त विद्यालयमा हाल १ हजार ३ सय भन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन ।