खाेज्नुहाेस

गोदावरीका ३० हजार बालबालिकालाई टिसिभि खोप लगाइने

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाका ३० हजार बढी बालबालिकालाई टाइफाइड रोगविरुद्ध टाइफाइड कन्जुगेट भ्याक्सिन (टिसिभि) खोप लगाइने भएको छ । नगरपालिकाले संचालन गर्न लागेको टाइफाइड रोग विरुद्ध राष्ट्रिय खोप अभियान अन्तरगत उक्त संख्यामा बालबालिकालाई खोप लगाइन लागिएको हो । गोदावरीमा खोप अभियान चैत २३ गतेदेखि सुरु हुन लागेको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले बताएका छन ।

‘राष्ट्रव्यापि कार्यक्रम २५ गते देखि सुरु गरिने भएपनि धेरै ठाउँमा परीक्षाको मिति पनि तोकिसकेकाले २३ गते देखि अभियान सुरु गर्ने भनेका छौ’ उनले भने ‘गोदावरीमा ९३ खोप केन्द्र छन । धेरै जसो खोप केन्द्र विद्यालयहरुमै रहेका छन । जहा २ सय जना विद्यार्थी छन त्यस विद्यालयलाई खोप केन्द्र तोकेका छौ ।’

attariya hospital

उनले खोप केन्द्रमा एक जना स्वास्थ्यकर्मी, एक जना महिला स्वास्थ्य संयमसेविका र एक जना महिला शिक्षिकका सहभागि रहने बताए । खोप कार्यक्रम संचालन गर्नका लागि वडा स्तरमा पनि समन्वय समिति गठन गरिने उनले बताए । यस अभियानमा १५ महिना देखि लिएर १५ बर्ष सम्मका बालबालिकाहरुलाई समेटिने जनाइएको छ ।

हाल गोदावरी नगरपालिका ५४ वटा सामुदायिक, ३ धार्मीक र ३६ वटा सस्थागत विद्यालय रहेका छन ।

यसैबिच नगरपालिकाले खोप कार्यक्रम संचालन गर्नु पूर्व अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको छ । सोमबार गोदावरी नगरपालिकाको आयोजनामा नगर स्तरिय खोप समन्वय समितिका लागि अभिमूखिकरण कार्यक्रम आयोजना गरिएको हो ।

navjiwan hospital

गोदावरीमा टाइफाइड रोग विरुद्ध राष्ट्रिय खोप अभियान संचालनका लागि आयोजना गरिएको अभिमुखिकरणमा खोप कार्यक्रम संचालन गर्ने रणनीतिका बारेमा छलफल गरिएको थियो । अभिमुखिकरण कार्यक्रममा बोल्दै गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायतले खोप कार्यक्रम संचालनका लागि स्वास्थ्यकर्मीको महक्तपूर्ण भूमिका हुने बताईन । उनले अभियान सफल पार्नको लागि सबै क्षेत्रको सहयोगको आवश्यकता रहेको बताइन ।

‘यो अभियान गोदावरी नगरपालिकाको मात्रै नभएर नेपाल सरकारकै अभियान भएकाले यसलाई सफल पार्नको लागि कुनै एक जना व्यक्ति मात्रै नभएर सबैको सहकार्य आवश्यक छ’ उनले भनीन् ‘यसका लागि अग्रपतिंमा खटिने स्वास्थ्यकर्मीको ठूलो भूमिका छ ।’

टाइफाइड रोगको संक्रमण तथा यसबाट हुने जटिलतालाई न्यूनिकरण गर्ने लक्ष्यका साथ राष्ट्रिय कार्यक्रम अन्तर्गत जिल्लामा खोप अभियान सञ्चालन गर्न लागिएको हो । उक्त खोपको प्रभावकारिता ९६ दशमलव ९५ प्रतिशत रहने जनाइएको छ ।

राष्ट्रिय खोप सल्लाहकार समितिले सन् २०२० अगष्ट १४ मा टाइफाइड रोगविरुद्धको खोपलाई राष्ट्रिय खोप कार्यक्रममा समावेश गर्न सिफारिस गरेको थियो । खोपबाट बचाउन सकिने रोगलाई शून्यमा झार्नका लागि बालबालिकालाई टाइफाइडविरुद्धको टीभीसी दिने अभियान सञ्चालन गर्न लागिएको हो ।

सरकारी तथ्यांकमा पछिल्लो पाँच वर्षको अवधिमा नेपालमा ४ लाख ५० हजार बालबालिका टाइफाइड रोगका कारण बिरामी परेका छन् । बालबालिकालाई जोखिमबाट जोगाउन नेपालका ७५ लाख टाइफाइडविरुद्धको खोप लगाउन लागिएको छ ।

टाइफाइडका बिरामीलाई उच्च ज्वरो, टाउको दुख्ने, जीउ दुख्ने, पसिना आउने र जिब्रोमा सेतो लेत लाग्ने मुख्य लक्षण देखिने गरेका छन् ।समयमै उपचार नपाएको खण्डमा बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पु¥याउने भएकाले यसको रोकथामका लागि खोप अभियान सुरु गरिरहेको हो ।