सुर्खेत– कालिकोटमा मिनी बस कर्णाली नदीमा खसेको छ।कर्णाली करीडोरको जितेगडा–कोल्टी सडकखण्डको पचालझरना गाउँपालिका–८ मा पर्ने भुइँचेचाङ–खोलीबजारबीचमा दिउँसो साढे दुई बजेतिर मिनीबस नदीमा खसेको हो।

बसमा कति जना यात्रु थिए भन्ने खुलेको छैन। घटना थाहा पाएलगत्तै प्रहरी घटनास्थलमा गएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।

दुर्घटनामा परेको बसका चालक दैलेख घर भएका कृष्ण शाही पौडी खेलेर बाँचे पनि सहचालक नदीमा बेपत्ता रहेको स्थानीय नेत्रराज बमले जानकारी दिए।
दुर्घटनाको क्षतिबारे घटनास्थल पुगेपछि मात्रै थाहा हुने कालिकोट प्रहरीले जनाएको छ।
















