खाेज्नुहाेस

गोदावरीको एकता प्रगतीशिललाई उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार प्रदान गरिने

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ८ मा रहेको एकता प्रगतीशिल बचत तथा ऋण सहकारी संस्था पुरस्कृत हुने भएको छ । संस्थालाई राष्ट्रिय सहकारी महासंघले पुरस्कृत गर्ने भएको हो ।

navjiwan hospital

महासंघले ६५औ सहकारी दिवशका अवसर विभिन्न विद्याका पुरस्कारहरु घोषणा गरेको थियो । सोही अनुसार महासंघले घोषणा गरेको उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार – २०७८ एकता प्रगतीशिलले प्राप्त गर्न लागेको संस्थाका ऋण विभाग प्रमुख लक्ष्मण बोगटीले बताए ।

attariya hospital

उनले सुदूरपश्चिमबाट प्रतिनिधित्व हुने गरी संस्थालाई पुरस्कृत गरिन लागेको बताए । उक्त पुरस्कार देशका सात वटै प्रदेशका ७ वटा सहकारीहरुलाई प्रदान गरीन लागेको हो ।