कैलालीका कृष्ण बोहरा यात्रीको आमा गितको भिडियो सार्वजनिक (भिडियो सहित)

अत्तरिया –  कैलाली घर भएका साहित्यकार कृष्ण बोहरा यात्रीको आमा बोलको गितको भिडियो सार्वजनिक भएको छ । चर्चित गायीका शान्तिश्री परियारको स्वरमा सजिएको उक्त गितको भिडियो यात्रीको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

maya metro hospital

गायक चक्र बमको संगित रहेको उक्त गितमा शब्द भने यात्रीकै रहेको छ । गितको संगित संयोजनमा विनोद बाजुराली रहेका छन भने अडियो मिक्सिङमा खड्क बाजुराली रहेका छन ।

joshi vada pasal 2

मालश्री स्टुडियोबाट निर्मित उक्त गितको भिडियोमा कलाकार अञ्जली अधिकारी, हिउँवाला गौतम, श्याम बोहरा र गणेश खत्रीको अभिनय रहेको छ । गितको निर्देशन प्रकाश भट्टले गरेका छन ।

आफ्नी स्वर्गिय आमा सुभद्रा देवी बोहराको सम्झनामा समर्पित रहेर यात्रीले उक्त गित बजारमा ल्याएका हुन । गितमा छोरी र आमाको एकअर्का प्रतिको माया र स्नेहलाई दर्शाइएको छ ।

विहे गरेर अर्काको घर गएको छोरीले आफ्नो स्वर्गिय आमाको सम्झनामा कस्तो प्रकारको अनुभुती गर्छन भन्ने कुरा यात्रीले शब्दमार्फत गितमा प्रस्तुत गरेका छन ।

कैलालीको चुुरे गाउँपालिका वडा नं. ६ गिथडा बुवा चक्र बहादुर बोहरा र आमा स्व. सुभद्रा देवी बोहराको कोखबाट काईलो सन्तानका रुपमा जन्मेका यात्री कैलालीमै हुर्के बढेका हुन ।

उनले कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसबाट व्याचलर सम्म अध्ययन गरेका थिए । साहित्यमा अत्यन्तै रुचि भएका यात्रीले मैले जन्माएको छोरो कविता संग्रह पनि प्रकाशन गरेका थिए ।

पढाईको सिलसिलमा काठमाण्डौ गएका उनले पढाईका कारण साहित्यीक यात्रालाई समय दिन नपाएपनि साहित्यलाई मनबाट निकाल्न भने सकेनन । पढाईकै क्रममा २०७६ साल चैत १६ गते उनको आमाको दमका कारण मृत्यु भएपछि उनले पहिलो पटक म्युजिक भिडियो बजारमा ल्याएका हुन ।

आमाको सम्झनामा कोरिएका शब्दहरुलाई म्युजिक भिडियो मार्फत एकै ठाउँमा समेट्ने प्रयास गरेको अत्तरिया अनलाईन सँग कुरा गर्दै यात्रीले बताए । उनले आमाको मायाका कारण फुरेका गितहरुले आफुलाई आगामी दिनहरुमा पनि केही गर्नुपर्छ भन्ने अठोट सृजना गरेको उनले बताए । म्युजिक भिडियोलाई साथ र सहयोग दिन उनले सबै दर्शकहरुलाई आग्रह पनि गरेका छन ।

भिडियो

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.