अछाम – अछाममा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । पञ्चदेवल विनायक नगरपालिका–५ ल्याटीमा बुधबार बेलुकी ट्याक्टर दुर्घटना हुँदा २४ बर्षीय भुपेन्द्र शाहीको मृत्यु भएको हो ।

पञ्चदेवल विनायकबाट खाद्यान्न लिएर ल्याटी तर्फ जादै गरेको भे १ त ८९३४ नम्बरको ट्याक्टर बुधबार साझ दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

ट्याक्टर दुर्घटनामा घाईते भएका शाहीको जिल्ला अस्पताल मंगलसेनमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

















