खाेज्नुहाेस

आईपीएलको डेब्यु खेलमा गुजरात विजयी

Image

मुम्बई – डेब्यु गरिरहेका दुई टिमबीचको खेलमा गुजरात टाइटान्सले सोमबार इन्डियन प्रिमियर लिग (आईपीएल) मा लखनउ सुपर जायन्ट्सलाई पाँच विकेट पराजित गरेको छ । पेस बलर मोहम्मद सामीको घातक सुरुआती बलिङ र राहुल तेवतियाको नटआउट ४० रनको मदतले गुजराट विजयी रहेको हो ।

navjiwan hospital

सामीले २५ रनमा तीन विकेट लिएपछि पहिले ब्याटिङ गरेको लखनउले छ विकेट गुमाएर १ सय ५८ को स्कोर बनाएको थियो । त्यसमा दीपक होडाले ५५ र आयुष बदोनीले ५४ रन बनाए । जवाफमा गुजरातले १९.४ ओभरमा पाँच विकेट गुमाएर १ सय ६१ रन बनायो । उसका लागि राहुलले सर्वाधिक रन बनाए ।

attariya hospital

यस्तै कप्तान हार्दिक पान्ड्याले ३३, म्याथ्यु वेडले ३० र डेविड मिलरले ३० रन बनाए ।