
धनगढी – कैलालीमा १२ वर्षिय बालिका बलात्कार गरेको आरोपमा ५२ बर्षीय पुरुष पक्राउ परेका छन । जंगलमा बाख्रा चराउन गएकी बालिकालाई ति पुरुषले बलात्कार गरेको आरोप आफन्तले लगाएका छन ।
आफन्तको उजुरी पछि ति पुरुषलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । कैलाली प्रहरी नायव उपरिक्षक वेदप्रकाश जोशीले बलात्कार गरेको आरोपमा पुरुषलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको बताए ।




















