धनगढी – कैलालीको धनगढीमा बिहिबार देखि १५ औं ‘सुदूरपश्चिम महोत्सव २०७८’ सुरु भएको छ । ‘समृद्ध सुदुरपश्चिमका लागि आर्थिक समृद्धि’ भन्ने नारासहित सुरु भएको महोत्सवको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन्द भट्टले उद्घाटन गरेका छन ।

महोत्सवको उद्घाटन सत्रमा आयोजक कैलाली उद्योग बाणिज्य संघले मुख्यमन्त्री भट्ट समक्ष धनगढीमा प्रदर्शनी स्थलको व्यवस्थापनका लागि एक सुत्रिय माग पेश गरिएको छ ।

महोत्सव यही चैत २० गतेसम्म चल्ने आयोजकले जनाएको छ । महोत्सव धनगढी उपमहानगरपालिका वडा नम्बर १ पशुपति टोलमा संचालन गरिएको छ । महोत्सवमा करिब १० करोड वरावरको कारोवार हुने आयोजकले अपेक्षा लिएको छ ।


















